जीवन बुडाल मृत्यु प्रकरण : १२ जना पक्राउ « Khabarhub

जीवन बुडाल मृत्यु प्रकरण : १२ जना पक्राउ


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको जनाउँदै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई  अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

शनिबार वनभोज मनाउन दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदी किनार गएका बुडाल सोही राति नदीमा मृतावस्थामा फेला परेका थिए । उनीसँगै वनभोज गएका नारायणसिंह ऐरी, गजेन्द्रसिंह रावल, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री, श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नवीनसिंह ठगुन्ना, केशवसिंह रावल, दिपेन्द्रसिंह ऐरी, भिमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूमाथि ज्यानसम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ ।

 बुडालको हत्या गरिएको जनाउँदै परिवारजनले शव बुझ्न मानेका छैनन् । राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत  बुडाल बिदामा घर आएका थिए ।  शनिबार आफ्नो घर दशरथचन्द –१० खडेनीबाट वनभोज मनाउने भन्दै  उनी ११  साथीसँग म१ज २२२ नंको जिपमा चौलानी किनार गएका थिए । 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ११ : २६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका