सेयर बजारमा ३.८१ अंकको गिरावट « Khabarhub

सेयर बजारमा ३.८१ अंकको गिरावट


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक ३.८१ अंकले घटेर २०१९ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ अङ्कले घटेर ३८१.९३ विन्दुमा पुगेको छ।

यसैगरी सोमबार पनि सेयर बजार घटेको थियो । सोही दिन नेप्से परिसूचकमा ३.६५ अंकले ओरालो लागेको र एक अर्ब ८९ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार कूल २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब रुपैयाँ ३८ करोड रुपैयाँ भन्दाबढीको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा युनिभर्सल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। यसको आज ७ करोड ५५ लाख भन्दाबढीको कारोबार भएको छ। यसैगरी शिवम् सिमेन्टको ६ करोड ५० लाख भन्दाबढीको कारोबार भएको छ । मंगलबार उपसुचकहरु मध्ये ४ कम्पनी बाहेक सबै कम्पनीहरुमा ओरालो लागेको छ।

आजको आदिखोला लघुवित्त वित्तिय संस्था, आदर्श लघुवित्त वित्तिय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ३ : ४९ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर