इटालीमा त्रिसट्ठी जना आप्रवासीको मृत्यु, दर्जनौं बेपत्ता « Khabarhub

इटालीमा त्रिसट्ठी जना आप्रवासीको मृत्यु, दर्जनौं बेपत्ता


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –  इटालीको दक्षिणी तटमा आइतबार भएको डुङ्गा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु भएको छभने दर्जनौँ बेपत्ता भएका छन् । उक्त दुर्घटनामा कम्तीमा आठ जना बालबालिकाको ज्यान गएको थियो ।

मध्य समुद्रमा आँधीबेहरीका बीच काठको डुङ्गा फुटेर उक्त दुर्घटना भएको थियो । असी जनाको जीवितै उद्धार गरिएको थियो । एक सय ७० जना बोकेर टर्कीएको समुद्रबाट डुङ्गामा उनीहरू इटालीको समुद्री तटमा पुगेका थिए । दुर्घटनाग्रस्त डुङ्गामा धेरै जना पौडिन नजान्ने थिए ।

तट रक्षक, गोताखोर, सुरक्षाकर्मीलगायत खोज तथा उद्धारमा जुटेका छन् । दुईवटा हेलिकप्टर पनि खोजमा परिचालन गरिएको छ । दक्षिणी सहर क्रोटोनको खेलमैदानमा मृतकहरूको पहिचानका लागि शव राखिएको छ । सरकारी अधिकारीले मृतकका आफन्तहरूलाई दुर्घटनामा परेका प्रियजनको विवरण उपलब्ध गराउन आग्रह गरेका छन् । उनीहरूले खोज तथा उद्धारमा विलम्ब गरिएको आरोपको खण्डन गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ८ : ०७ बजे

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति

उत्तराखण्ड हेलिकप्टर दुर्घटना : सबै छ जनाको मृत्यु

काठमाडौं- उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

टोकियो– जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा