१५ प्रतिशत भन्दा बढी ब्याँजदर लिने लघुवित्तलाई कारबाही गरिने « Khabarhub

१५ प्रतिशत भन्दा बढी ब्याँजदर लिने लघुवित्तलाई कारबाही गरिने


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले कर्जाको ब्याज १५ प्रतिशत बढी लिएमा कारबाही गर्ने जनाएको छ ।नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै लघुवित्त संस्थालाई कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिए कारबाही गर्ने जनाएको हो।

पछिल्लो समय लघुवित्त वित्तीय संस्थाले ऋणीबाट आफूखुसी ब्याज लिएको र पीडितहरुले आत्महत्यासमेत गरेको गुनासो आएपछि राष्ट्र बैंकले मंगलवार सूचना जारी गरेको हो।

‘लघुवित्तले वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिन नहुने व्यवस्था छ। संस्थाले १५ प्रतिशत बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकका रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुन्छ,’ जारी सूचनामा भनिएको छ । राष्ट्र बैंकले सहकारी संस्था, लघुवित्त र फाइनान्स कम्पनी फरक संस्था भएको सूचनामै उल्लेख गरेको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ८ : १४ बजे

पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज

विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ

काठमाडौँ- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी

नेपाली क्रिकेटले खेलाडी र दर्शकलाई उत्साहित बनाएको छ : मुख्यमन्त्री पाण्डे

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेटले

सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको सर्कुलर

काठमाडौं- गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा

रातिसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंग्याउँछौँ

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज केहीबेर