रेडक्रसद्वारा खेलकुद सामग्री हस्तान्तरण « Khabarhub

रेडक्रसद्वारा खेलकुद सामग्री हस्तान्तरण


१६ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले विभिन्न विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । ‘नयाँ पुस्ताका लागि सडक सुरक्षा कार्यक्रम’ कार्यान्वयनका क्रममा खरिद गरिएका स्टेशनरी तथा खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गरिएका हुन् ।

काठमाडौँं महानगरपालिका भित्रका २० तथा कीर्तिपुर नगरपालिकाको एउटा सरकारी विद्यालयलाई ती सामग्री उपलब्ध गराएको हो ।

सामग्री पाउने विद्यालयमा दरबार हाइस्कुल रानीपोखरी, अन्नपूर्ण मावि कान्तिपथ, ज्याठा, ट्यौड मावि तलाछी, शान्ती शिक्षा मावि थहिटी, नेपाल आदर्श मावि गणबहाल, शान्ती निकुञ्ज मावि भगवतीबारी, बसन्तपुर, नेपाल राष्ट्रिय आधारभूत विद्यालय ढल्को, कन्या मन्दीर मावि क्षेत्रपाटी, नेपाल युवक स्कुल पकनाजोल, सिद्धिगणेश मावि सोह्रखुट्टे, गीतामाता मावि विजेश्वरी, जनप्रभात मावि कालीमाटी, पद्मकन्या मावि प्रदर्शनीमार्ग, पद्मोदय विद्याआश्रम डिल्लीबजार, कमल आधारभूत विद्यालय कमलपोखरी, बुद्धनगर आधारभूत विद्यालय बानेश्वर, बाल ब्यवसायी केन्द्र सिफल, मङ्गलादेवी मावि गौशाला, कोटेश्वर सरस्वती मावि कोटेश्वर र कीर्तिपुर मावि कीर्तिपुर रहेका छन् ।

ती सामग्री नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाका सभापति श्यामकाजी डोटेल, रेडक्रसका मन्त्री बृद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधर, जिल्ला सदस्यद्वय श्यामलाल तण्डुकार र लक्ष्मीप्रसाद कुँइकेल तथा जिल्ला शाखाका सल्लाहकार उत्तमनारायण महर्जनले सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ९ : २४ बजे

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ