फ्रान्सको लगातार दोस्रो जित, आयरल्याण्ड पराजित | Khabarhub Khabarhub

फ्रान्सको लगातार दोस्रो जित, आयरल्याण्ड पराजित


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोकप छनोटमा फ्रान्सले लगातार दोस्रो जित निकालेको छ।

आयरल्यान्डस्थित डब्लिनमा गएराति भएको खेलमा फ्रान्सले आयरल्यान्डलाई १ –० गोलले पराजित गर्‍यो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ५० औँ मिनेटमा बेन्जामिन पाभर्डले निर्णायक गोल गरेका थिए।

राष्ट्रिय टिमको कप्तानका रुपमा डेब्यु गरेका किलियन एम्बाप्पेले छनोटको अघिल्लो खेलमा नेदरल्यान्डविरुद्ध २ गोल र १ असिस्ट गरे पनि आयरल्यान्डसँगको खेलमा गोल गर्न सकेनन्।

समूह बी मा रहेको फ्रान्स २ खेलबाट ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। आयरल्याण्ड चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ८ : ०७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’