सत्ताको भागबण्डा अब चाँडै मिल्छ | Khabarhub Khabarhub

सत्ताको भागबण्डा अब चाँडै मिल्छ

सबै पार्टीबीच सहमति भए देशको विकासमा समय लाग्दैन


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत लिएपछि नेपाली कांग्रेससहित १० दलको सत्ता गठबन्धन बनेको छ। सरकारलाई पूर्णता दिने पहलमा राजनीतिक दल लागिरहेका छन्। पछिल्लो समयमा बनेको समीकरण देशका समस्यालाई निरूपण गर्न लागि परेको छ। पदको भागबन्डाको विषय किन पेचिलो बनिरहेको छ ? पछिल्लो राजनीतिले कस्तो सन्देश दिएको छ ? अब नेपाली कांग्रेसको भूमिका के हो ? नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री भीमसेनदास प्रधानसँग नयन सापकोटाले गरेको कुराकानी सम्पादित अंश :

राजनीतिमा गठबन्धन बन्ने र तोडिने राजनीतिक चरित्रलाई कसरी बुझ्नु भएको छ ?
अहिलेको संवैधानिक व्यवस्था अनुसार जनताले कुनै पार्टीलाई बहुमत दिएनन्। बहुमत आउन कठिन नै थियो। वास्तवमा आलोपालोको प्रधानमन्त्री तथा राजनीति रहेको छ। जति सुकै राजनीतिक नेताहरू रहेका छन् आफ्नो स्वार्थको भावना भएको र आफूलाई सहज र सरल हुने कार्य तिर लागेका छन्। त्यसले गर्दा यो अवस्था सिर्जना भएको हो।

जति माओवादी अध्यक्षले गुट परिवर्तन गर्छन् त्यति नै कांग्रेसलाई सहज भएको हो ?
कांग्रेस चुनावमा सँगसँगै हिँडेको हो। कांग्रेसकै सानो गल्तीका कारण सहमति तोडियो। अन्य पार्टीका नेतासँग वार्ता गरेर सरकारमा रहन सक्ने तथा वार्ताको ढोकासम्म त खुल्यो। दुई दुई वर्षको आलोपालो सरकारमा कुरा मिलाउन सक्नु नै उनीहरूको दायित्व रहेको थियो। जुन सरकारमा रहनको लागि थियो। कांग्रेसले गणतन्त्रमा पहिलो पार्टी पाउने भएको हो। अहिले राजनीतिक रूपमा सबैको सहमति भएको छ जस्तो मलाई लाग्छ।

गठबन्धन बनाएर सरकार निर्माण गर्न पाउनुपर्छ भनेर संविधानमा नै व्यवस्था गरिएको हो ?
यो संविधान जारी भएको दोस्रो चुनाव हो। यो गठबन्धन पाँच वर्ष लगातार गर्न सकियोस् भन्ने सबैको इच्छा हो। नेपालको प्रजातान्त्रिक आन्दोलनमा जहिले पनि आन्दोलनको नेतृत्व सरकारलेसँगै लिएर जान सक्नुपर्छ भन्ने मलाई लाग्छ। त्यो बेलाको सहमति अहिलेको गठबन्धनमा सर्वसहमतिको रूपमा रहनुपर्छ जस्तो मलाई लाग्छ। एमाले २०४८ सालदेखि नै हामीसँग हिँडेको पार्टी हो। मानव अधिकारको कुरा पनि सुरक्षित हुनुपर्छ जस्तो मलाई लाग्छ। सबैको सहमतिमा साझा संविधान पनि जारी भएको छ । त्यसको पालना गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।

द्वन्द्वकालीन मुद्दा १७ वर्षसम्म पनि निरूपण गर्न किन नसकिएको ?
गिरिजाप्रसाद नरहेपछि सरकार जहिले पनि अस्थिर रहेको हो। त्यसपछि कुनै पनि सरकारले यसलाई गम्भीर रुपमा लिएनन्। यसको विषयमा माओवादीसमेत चुपचाप रहयो। जस कारण माओवादी मारमा रहेको जस्तो अहिले देखिएको छ। यो विषय माओवादीको मात्र होइन। समग्र शान्ति प्रक्रियाको विषय भएकाले यसलाई महत्त्व दिनुपर्ने देखिन्छ। यसलाई हामीले मानव अधिकारको एक अंशको रुपमा समेत हेर्न सक्छौं।

नेपाली कांग्रेसले सरकारको नेतृत्व नगरे ता पनि अब नेतृत्व गर्ने हैसियतमा आफ्नो भाग खोजिरहेको छ। तपाईंहरू यो सरकार जनमुखी सरकार हो भनेर अब लाग्नु हुन्छ ?
अहिले जनताले राजनीतिक पार्टीको राजनीतिक रवैया हेरेको अवस्था छ। अब धोकाधडीको राजनीति अन्त्य हुनुपर्छ। यसको विशेष भूमिका कांग्रेस पार्टीले पहल गर्नुपर्ने हुन्छ। यो मुलुकको चिन्ता प्रचण्ड र कांग्रेस पार्टीलाई छ। गणतन्त्र स्थापना हुनुमा यी पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। माओवादीकै कारण यो मुलुकमा गणतन्त्र आएको हो। राष्ट्र नै खराब हुने भयो भनेर गणतन्त्र ल्याएको हो। वास्तवमा सबै पार्टीलाई सहमतमा ल्याएर पूर्णता दिनुपर्छ। अब त केपी, प्रचण्ड, हामी सबै नांगिएको अवस्था रहेको छ। हिजोको अवस्थामा एकले अर्कोलाई धोका दिएको अनुभूति सबैलाई भएको छ।

यो व्यवस्थाले जनमुखी रूपमा खासै उपलब्धि दिएन। तपाईंहरू आफै नांगिने काम गर्नुभएको छ। अनि कसरी यो व्यवस्था बलियो हुन्छ ?
अहिले शक्तिको कमी भएको छ। जनमत तयार पारेर चुनावमा बहुमत ल्याउन सक्नुपर्छ। यसमा सबै पार्टीको सहमति र साथ भएका देशको विकास हुन केही समय नै लाग्दैन। जनताको इच्छा मारिएर जनताको भावनासँग खेलिएको छ। यो संविधानले सबैलाई बोल्ने अधिकार दिएको छ। त्यसले पनि जनताको साहसमा वृद्धि तथा विकासमा प्रेरित गराउन सहयोग गरेको अवस्था छ। यो राजनीतिमा केही पक्षमा उपलब्ध भएको जस्तो मलाई लाग्दैन। यो कार्य मेरो हो भनेर सरकार तथा जनताको निमित्त कार्य गरेमा मात्र देशको विकास हुन्छ।

बारा, तनहुँ, चितवनमा निर्वाचन हुँदैछ। चितवन २ बाट रवि नै आउने होलान् होइन ?
पहिला ७५ जिल्ला भन्दा अहिले ७७ जिल्ला भएको छ। अहिले चेतनशील समाज त्यही नै छ। त्यसको निर्णय त्यहाँका आम जनताले गर्ने हो। जुन रवि लामिछानेको काम सही तथा गलत छ भन्ने त त्यहाँका जनतालाई थाहा छ।

कांग्रेसले कुन कुन मन्त्रालयमा चाहाना राखेको पाउनु हुन्छ ?
गृह मन्त्रालय माओवादले नै लिनुपर्छ। अन्य प्रमुख मन्त्रालय भनेको अर्थ, रक्षा, सहकारी हुन्। भागबण्डा सहज छैन। तर अहिलेका नेतामा भने सहज र असहजको कुनै महत्त्व नै छैन। सबै कुरा विस्तारै मिल्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ८ : ३४ बजे

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको