प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेपछि कारगार चलान भएका तीन जना धरौटी बुझाएर रिहा « Khabarhub

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेपछि कारगार चलान भएका तीन जना धरौटी बुझाएर रिहा


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेपछि अभद्र व्यवहारमा मुद्दामा कारगार चलान भएका तीन जना युवक धरौटी बुझाएर रिहा भएका छन् ।

चैत ७ मा बानेश्वरस्थित थापागाउँमा आयोजित ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलनसम्बन्धी सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको थियो । मुद्दा खेप्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का रहेका थिए ।

सो मुद्दामा १२ चैतमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ५ हजार धरौटी तोकेका थिए । धरौटी नबुझाएपछि उनीहरु जेल चलान भएका थिए । तर, मंगलबार धरौटी बुझाएर उनीहरु रिहा भएका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले मुख थुनेको भिडियो सार्वजनिक भएपछि सरकार तथा प्रधानमन्त्री प्रचण्डको आलोचना भएको थियो ।

उनीहरु रिहा हुनु केही घण्टाअअघि मंगलबार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रमा विरोधीको मुख थुन्न नपाइने भन्दै तत्काल उनीहरुलाई रिहा गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए ।

 

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ३ : ०३ बजे

संसद्को जिम्मेवारी र सांसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद्को जिम्मेवारी

२६ सय बिन्दुबाट तल झर्‍यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अंकले घटेको छ

पदाधिकारी र केन्द्रीय कमिटी बढाएसँगै एमालेको बन्दसत्र सुरू

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार भृकुटीमण्डपमा पहिलो दिनको

महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको साधारण सदस्यबाट निलम्बन

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट

सभामुख घिमिरेले भने- सरकारले संसद् विघटन गरेर संसदीय व्यवस्थामाथि प्रहार गर्‍यो

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान सरकारले संसद् विघटन गरेर