बालकको मृत्यु भएपछि पोखरी व्यवस्थापनमा चासो बढ्यो  | Khabarhub Khabarhub

बालकको मृत्यु भएपछि पोखरी व्यवस्थापनमा चासो बढ्यो 


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पोखरा- गत फागुन ७ मा धारापानीका चार वर्षे बालक सुहान केसी बेपत्ता भए । उनको चारैतिर खोजी भयो तर बालकको शव भोलिपल्ट मात्रै नजिकको ठूली पोखरीमा भेटियो ।

उक्त घटनापछि आक्रोशित स्थानीयले पोखरीको संरक्षण नहुँदा बालकको ज्यान गएको भन्दै पोखरी व्यवस्थापनका लागि स्थानीय तहलाई झक्झक्याए । तारबार नगरेको, जलकुम्भी र अन्य फोहरले ढाकिएकाे पोखरीका कारण बालकको मृत्यु भएको उनीहरूको बुझाइ थियो ।

स्थानीयले पोखरी संरक्षणको आवाज उठाएपछि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घटनास्थल पुगेर जोखिममुक्त पोखरीको व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । अहिले भने पोखरा महानगरपालिका–५  धारापानी मार्गमा रहेको ठूली पोखरीले भने आफ्नो स्वरूप फेर्न थालेको छ ।

सोही अनुसार अहिले ठूली पोखरी संरक्षण एवम् निर्माण समिति बनाएर काम अघि बढाइएको  वडा नं ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए । उनले अप्रिय घटनापछि मात्र तालको संरक्षण र व्यवस्थापनका लागि पहल भएको स्विकार्दै अब थप मानवीय क्षति हुन नदिन र पोखरीको सौन्दर्यतालाई कायम गर्न वडाले पहल गरेको बताए ।

‘बालकको शव पोखरीमा भेटिएपछि सबैको ध्यानाकर्षण भएको हो । अहिले जोखिममुक्त पोखरी बनाउने कार्यअघि बढेको छ’, बरालले भने । घटनापछि सामाजिक अभियन्ता अञ्जु केसीको संयोजकत्वमा पोखरी व्यवस्थापनका लागि १३ सदस्यीय समिति गठन भई सक्रिय रूपमा काम भइरहेको जानकारी दिइन् ।

उनका अनुसार २०६२ सालको नापी अनुसार पोखरीको क्षेत्रफल साढे १० रोपनी छ । अहिले महानगरले पोखरीमा तारबारको लागि नौ लाख १७ हजार रुपैयाँ रकम विनियोजन पश्चात् काम अघि बढेको समितिका अध्यक्ष केसीले जानकारी दिइन् ।

उनका अनुसार ताललाई जोखिममुक्त बनाएर सुन्दर बनाउने काम भइरहेको छ । निकट भविष्यमै थप व्यवस्थित र पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य लिएर काम अघि बढेको उनले बताइन् ।

‘यो तालको आफ्नै महत्त्व छ तर यसको संरक्षण र व्यवस्थापन तर्फ ध्यान नदिँदा एक बालकले अनाहकमा ज्यान गुमाउनु पर्‍यो’, नागरिक समाजका अगुवा रामबहादुर पौडेलले भने, ‘तालतलैया पोखरी प्राकृतिक सम्पदा हुन्, यसको बेलैमा संरक्षण र संवर्द्धन गरेको भए एक बालकले अनाहकमा ज्यान गुमाउनु पर्दैनथ्यो ।’

पोखरी व्यवस्थापनका लागि समितिको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा वडा कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत स्थानीयको उपस्थितमा दुई चरणमा पोखरी सफा गर्ने काम भइसकेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ५ : ०३ बजे

ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले युक्रेनमा

प्रचण्ड भन्छन्- मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ

दैलेख– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले हिमाली क्षेत्रका

युरोपियन युनियनका राजदूतहरूबाट प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार