सन् २०२६ सम्म भारतमा डिजिटल भुक्तानीको बजार तीन गुणाले बढेर १० ट्रिलियन डलर पुग्ने « Khabarhub

सन् २०२६ सम्म भारतमा डिजिटल भुक्तानीको बजार तीन गुणाले बढेर १० ट्रिलियन डलर पुग्ने


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सन् २०२६ सम्म भारतमा डिजिटल भुक्तानीको बजार तीन गुणाले बढेर १० ट्रिलियन डलर पुग्ने निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

हालै फोनपे र बोस्टन कन्सल्टिङ ग्रुपले जारी गरेको प्रतिवेदनमा भारतमा डिजिटल भुक्तानीको बजार हाल रहेको ३ ट्रिलियनबाट बढेर सन् २०२६ सम्म १० ट्रिलियन डलर पुग्ने उल्लेख गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०१५ मा भारत सरकारले कारोबार गर्दा ‘फेसलेस, पेपरलेस र क्यसलेस’ भुक्तानीको उद्देश्य राखी डिजिटल इन्डिया कार्यक्रम सुरु गरेको थियो ।

भारतमा युनाइटेड पेमेन्ट इन्टरफेस (यूपीआई) डिजिटल भुक्तानीका लागि निकै चर्चित मानिन्छ । यसलाई सन् २०१६ मा भारतको राष्ट्रिय भुक्तानी प्राधिकरण (एनपीसीआई) ले सार्वजनिक गरेको थियो ।

यससँगै परम्परागत रुपमा नगदी कारोबार हुने भारतीय बजारमा पछिल्लो समय डिजिटल कारोबारको हिस्सा झण्डै ४० प्रतिशत पुगेको छ । कोरोना महामारीका बेला भारतका सहरमात्र नभई गाउँसम्म युपीआईको प्रयोग विस्तार भएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ३ : ३१ बजे

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल