कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनमा छ जना प्रहरी घाइते | Khabarhub Khabarhub

कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनमा छ जना प्रहरी घाइते


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोशी प्रदेश नामकरण विरुद्धको अन्दोलन अझै जारी छ । आज पनि नामकरणको विषयमा असन्तुष्ट समूहले विराटनगरमा प्रदर्शन गरेका थिए ।

उनीहरूको विरोधले उग्ररुप लिएपछि प्रहरीले हवाई फायरसहित आश्रु ग्यास प्रहार गरेको थियो । विराटनगर रोडशेष चोक वरपर आज भेला भएकाहरुले विरोध प्रदर्शन गर्ने क्रममा उग्र भएपछि स्थिती सामान्य तुल्याउन हवाई फायर र आश्रु ग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।

स्थितिलाई सामान्य बनाउन प्रहरीले १७ राउण्ड हवाई फायर र १३ सेल आश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए । घटनामा छ जना प्रहरी घाइते भएको र आन्दोलनकारीको बारेमा जानकारी तत्काल प्राप्त नभएको प्रवक्ता दाहालले बताए ।

सयौँको सङ्ख्यामा रहेका आन्दोलनकारीले नजिकैका चारतारे बिग होटेलको कफी हाउसको सिसा पनि फुटाएका थिए । प्रहरीले शान्तपूर्वक आन्दोलनकारीलाई सम्झाउँदा पनि अटेर गरेको र सीमाभन्दा बाहिर जान थालेपछि पहिलोपटक पानीको फोहोरा प्रयोग गरेको थियो ।

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विराटनगर रोडशेष नजिक आयोजित विरोध ¥याली निकालेको थियो । यसैगरी आन्दोलनकारीले पथरी र बेलबारी क्षेत्रमा पनि प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ६ : ३५ बजे

बजेटमा धेरै विवादास्पद कुराहरु छन : विप्लव

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विप्लवले बजेटमा धेरै

सम्बन्ध विच्छेदमा अंशको कुरा किन ?

काठमाडौं – पछिल्ला वर्ष नेपालमा सम्बन्ध विच्छेदका घटना बढ्दैछ ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित

काठमाडौँं– दक्षिण अफ्रिकी संसदले शुक्रबार सातौं संसद्को राष्ट्रियसभाको पहिलो बैठकमा

ओलीको प्रश्न- विकास गर्न सरकारमा गयौँ, त्यो नभएपछि सन्तोष कसरी मान्ने ?

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई गरिबीतिर जानबाट

पहिरो पीडितलाई राहत उपलब्ध गराउने प्रदेश सरकारको निर्णय

विराटनगर– कोशी  प्रदेश सरकारले ताप्लेजुङका पहिरो पीडितलाई राहत स्वरुप तीन