ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह | Khabarhub Khabarhub

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसँग पुनः आग्रह गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग काठमाडौँको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष मल्लले चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्र नै जोखिममा परेको बताए ।

अध्यक्ष मल्लले भने, ‘पछिल्लो समय उच्च ब्याजदरले उद्योगी व्यवसायी एवं समग्र ऋणीहरु निकै मर्कामा परेका छन् । ऋण लिएर व्यवसायमा लगानी गन सक्ने अवस्था छैन । यसअघी ऋण लिएकाहरुले समेत सावाँ ब्याज भुक्तानी गर्न सक्ने अवस्था छैन । यसले समग्र व्यवसायलाई नै जोखिमतर्फ धकेलिरहेको छ ।’

उद्योग व्यवसायमा पछिल्लो समय देखिएको मन्दीको असर अर्थतन्त्रमा दिर्घकालसम्म पर्नेतर्फ अध्यक्ष मल्लले सांसदहरुको ध्यानकर्षण गराए । ब्याजदर नियन्त्रणसँगै अर्थतन्त्रका अन्य चुनौतीहरुलाई पनि सम्बोधन गर्नुपर्ने अध्यक्ष मल्लले बताए ।

उनले भने, ‘पुँजिगत खर्च हुन सकेको छैन । सार्वजनिक ऋण कुल ग्राहस्त उत्पादन जीडीपीको ४२ प्रतिशत हाराहरीमा पुगिसकेको छ । आन्तरिक उत्पादन ठप्प हुँदा व्यापार घाटा आकासिएको छ । रोजगारी सिर्जना हुन सकेको छैन । आम सर्वसाधरण नागरिकसँग जोडिएका विषयलाई संसदबाट प्रभावकारी रुपमा आवाज उठ्न जरुरी भइसक्यो, ।’

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ७ : ३२ बजे

जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर

काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष

नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरी क्षेत्रमा विवाहमा सहभागी भई फर्किएको ‘जन्ती

संकटमा जुटेको सहकार्यबाट खुल्न थाले सरकारी कार्यालय 

काठमाडौं– युवाहरूको आन्दोलनपछि देशले निकास खोजिरहेको छ । सुरक्षा निकाय तथा

अड्कियो मन्त्रिपरिषद् विस्तार : भाग खोज्ने धेरै हुँदा प्रधानमन्त्रीलाई समस्या

काठमाडौँ- जेन-जी र अन्य समूहबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार अड्किएको