रुपन्देहीमा ७२ जना पत्रकारको आँखा स्वास्थ्य परीक्षण | Khabarhub Khabarhub

रुपन्देहीमा ७२ जना पत्रकारको आँखा स्वास्थ्य परीक्षण


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पत्रकार महासङ्घको ६८औँ स्थापना दिवसको अवसरमा आज रुपन्देहीका पत्रकारका लागि निःशुल्क आँखा जाँच गरिएको छ ।

नेत्र ज्योति सङ्घको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश र जिल्ला समिति रुपन्देहीको आयोजनामा निःशुल्क आँखा जाँच गरिएको हो । सो अवसरमा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष एवं सल्लाहकार डा बालकृष्ण चापागाईले पत्रकारको स्वास्थ्यलाई मध्यनजर गरी महासङ्घले आँखा शिविर राखेर राम्रो काम गरेको बताए ।

कार्यक्रममा नेत्रज्योती सङ्घ रुपन्देहीका सभापति कमलराज जोशीले देशैभर पत्रकारका लागि निःशुल्क आँखा शिविर आयोजना गर्ने समझदारीअनुसार रुपन्देहीमा शिविर गरिएको बताए । त्यस्तै लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान रणअम्बिका आँखा अस्पतालका निर्देशक प्रा डा ज्ञानेन्द्र लामिछानेले आँखामा समस्या आउँदा पनि रोग पालेर बस्ने बानी धेरैजसोमा रहेकाले त्यसो नगर्न सुझाव दिए।

रुपन्देहीका पत्रकारका लागि आयोजना गरिएको निःशुल्क आँखा जाँचमा ७२ जनाले परीक्षण गराएका छन् । यसमध्ये ५८ जनालाई औषधि र १७ जनाको दृष्टिदोष देखिएकाले चस्मा वितरण गरिएको महासङ्घ रुपन्देहीका सचिव विनोद परियारले जानकारी दिनुभयो । शिविरमा नेत्रज्योति सङ्घ रणअम्बिका आँखा अस्पताल भैरहवाका वरिष्ठ नेत्र अधिकृत एवं कार्यक्रम संयोजक सञ्जिव अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी खटिएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ८ : ३४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’