साफ यू–१७ महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेशको खेल बराबरी | Khabarhub Khabarhub

साफ यू–१७ महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेशको खेल बराबरी


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक बङ्गलादेशसँग बराबरी खेलेको छ ।

बङ्गलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा आज भएको खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले खेलको दोस्रो हाफलाई जोगाउन सकेन ।

खेल सुरुआती आठौँ मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन । तर नेपालको त्यो एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ७५औँ मिनेटमा बङ्गलादेशकी खेलाडी सागोरिकाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

यस बराबरी खेलसँगै नेपाल चार खेलमा चार अङ्क जोड्दै प्रतियोगिताको अन्त्य ग¥यो । बङ्गलादेशले पनि ४ खेलमा ७ अङ्क जोड्यो र उपाधि जित्ने सम्भावना पनि समाप्त ग¥यो । सोही प्रतियोगितामा आज नै रसिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ । रसिया ९ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । भारतको ६ अङ्क छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ८ : ४६ बजे

आइतबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख

आज २०८२ साल वैशाख २८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ

सिरहा – सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु

युद्धविरामपछि पाकिस्तानी प्रधानमन्त्रीले भने : क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छौं

नयाँ दिल्ली – पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारत र पाकिस्तानबीच