हाँस्दा आयु बढ्ने अध्ययनको निष्कर्ष « Khabarhub

हाँस्दा आयु बढ्ने अध्ययनको निष्कर्ष

रिस मार्ने र मित्रता बढाउने माध्यम हाँसो


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हरेक वर्ष मार्च ७ तारिखमा विश्व हाँसो दिवस मनाइन्छ। अर्को साता मनाइने हाँसो दिवसको सन्दर्भमा आज हामीले यसैसँग सम्बन्धित सामग्री तयार गरेका छौँ।

हाँसो एक प्रकारको सकारात्मक अनि शक्तिशाली भाव हो। यो जो कोहीमा हुनु आवश्यक छ। यसले जीवनमा रस अनि आशा थप्दै जाने प्रेरणा दिन्छ। हाँसो मानिसको मनमा उब्जने भावना हो।

कयौँ अध्ययनले हाँस्दा आयु बढ्नेसमेत बताएका छन्। नर्वेमा गरिएको एक अध्ययनले जो मानिसमा हाँसोको भावनाले नहाँस्ने मान्छे भन्दा बढी समयसम्म बाँचेको पाइएको थियो। हाँसोलाई रिस मार्ने र मित्रता बढाउने माध्यमका रूपमा पनि लिन सकिन्छ।

विश्वको सबैभन्दा महंगो कुरा हो हाँसो। कसैले पनि हाँसोलाई किन्न सक्दैन। हाँसो एउटा यस्तो महंगो गहना हो जसको खोजीमा मान्छे जीवनभर भौतारी रहन्छ। हाँसोले मान्छेलाई शारीरिक र मानसिकरूपमा तन्दुरुस्त बनाउँछ। हाँसोले हामीलाई सन्तुष्टि मिल्छ।

विश्वको सबैभन्दा महंगो कुरा हो हाँसो। कसैले पनि हाँसोलाई किन्न सक्दैन। हाँसो एउटा यस्तो महंगो गहना हो जसको खोजीमा मान्छे जीवनभर भौतारी रहन्छ।

हाँसोका फाइदा
– हाँस्दा शरीरका हरेक अङ्ग सक्रिय हुन्छन्। जसले गर्दा शरीरमा नयाँ ऊर्जा पैदा हुन्छ।
– खुलेर हाँस्दा शरीरमा राम्रोसँग रक्तसञ्चार हुन्छ।
– हाँस्दा हाम्रो शरीरमा अक्सिजनको मात्रा पुग्छ र मुटु स्वस्थ हुन्छ।
– दिल खोलेर एक घण्टा हाँस्दा शरीरको मांसपेशीलाई बलियो बनाउँछ।
– हाँस्दा अनुहारको मांसपेशीको कसरत हुन्छ र जसले गर्दा निधार चाँडै चाउरी पर्दैन।
– हाँसोले रक्त नलीको कार्य सहज हुन्छ। जसले गर्दा हृदयाघात हुने र मुटुमा अन्य विभिन्न प्रकारका रोग लाग्ने सम्भावना कम हुन्छ।
– हाँस्ने बानीले मस्तिष्क लगायत शरीरका विभिन्न अङ्गमा अक्सिजन आपूर्ति गर्छ। यसले बौद्धिक स्तरका साथै शारीरिक दक्षता पनि बढाउन मद्दत गर्छ।
– हाँस्ने बानीले बिना तनाव कुनै पनि अप्ठेरासँग जुध्ने क्षमतामा वृद्धि गराउँछ।
– हाँस्दा तनाव कम हुनुका साथै हर्मोनलाई घटाएर प्रतिरोधी कोष र संक्रमणविरुद्ध लड्ने एन्टीबडी वृद्धि हुन्छ।
– हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्छ।
– हाँसोले मांसपेशीलाई आराम दिलाउन समेत मद्दत गर्छ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : १५ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले