एलआरआई स्कुल र रसियन संस्थाबीच संयुक्त हस्ताक्षर « Khabarhub

एलआरआई स्कुल र रसियन संस्थाबीच संयुक्त हस्ताक्षर


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं कलंकीको एलआरआई स्कुल, स्टेट अटोनोमस एडुकेसनल इन्सट्यूट अफ एडिसनल प्रोफेसनल एजुकेसन अफ मस्को सिटी “सेन्टर अफ पेडागोजिकल प्रोफेसन्सि” र अटोनोमस नन् प्रफिट अर्गनाईजेसन “स्कुल अफ द सेन्टर अफ पेडागोजिकल प्रोफेसन्सि” बीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।

उक्त संस्थाहरुबीच शैक्षिक, सांस्कृतिक तथा ऐतिहासीक सिकाइ तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले सो सम्झौता गरिएको हो। अनलाइन प्रविधि मार्फत त्रिपक्षीय उपस्थितिमा एलआरआईका प्राचार्य डा.देबकान्त जोशी र रसिया मस्को संस्थाका डाइरेक्टरहरु आर्टम सिसोभ तथा भिक्टर फुरिनले आज आयोजित एक समारोहबीच सम्झौता सम्पन्न भएको हो।

हरेक विद्यार्थीहरू आफैमा विशिष्ट क्षमताका हुने भन्दै तिनीहरुको क्षमतालाई नियमित शैक्षिक अध्ययनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको अवलोकन भ्रमणले थप प्रभावकारी एवं सशक्त बनाउन मद्दत पुग्ने  प्रा.चार्य डा. जोशी बताए।

सम्झौता कार्यक्रम अन्तर्गत दुवै देशका विद्यार्थीहरूले एक अर्काका देशको भ्रमण गरी शिक्षा प्रणाली, सांस्कृतिक, ऐतिहासिक तथा मनोरञ्जनात्मक गतिविधिहरूमा प्रत्यक्ष सहभागी भई अनुभव हासिल गर्ने मौका पाउने छन्।

एलआरआई.स्कुलले विगत लामो समय देखि विश्वका १७ वटा मुलुकका विद्यालयहरुसंग सम्झौता गरी शैक्षिक, ज्ञान, सिप तथा सांस्कृतिक महत्वका विषयमा जानकारी आदान प्रदान गर्दै आएको छ। कोभिडका कारण सो कार्यक्रम स्थगन भएको थियो।

हाल जनजीवन सामान्य भएसँगै कार्यक्रमलाई निरन्तरता दिन रुसको संस्थासँग नयाँ सम्झौता गरिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीले बताए। वर्तमान विश्वव्यापीकरणको समयमा यस्ता जानकारी मूलक अन्तर्राष्ट्रिय स्तरका भ्रमणले विद्यार्थीहरू आत्मविश्वास, आत्म अनुशासन, सामाजिकीकरण, सिक्ने भावना जस्ता व्यवहारमा सकारात्मक प्रभाव पार्ने विभिन्न अध्ययनबाट पुष्टि भएको विद्यालयले जनाएको छ।

कार्यक्रम अन्तर्गत रसीयन टोलीले जेठ महिनामा नेपालको भ्रमण गर्ने कार्यक्रम तय भएको एलआरआई नेपाल तथा रसिया शैक्षिक आदान प्रदान कार्यक्रम संयोजक कौशल पन्तले बताए।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ९ : १५ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष