फलामे छड बोकेको ट्याक्टरमा ठोक्किएर सैनिक जवानको मृत्यु « Khabarhub

फलामे छड बोकेको ट्याक्टरमा ठोक्किएर सैनिक जवानको मृत्यु


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.9k
Shares
  • change font
  • change font
  • change font

रौतहट – वीरगंज-कलैया सडकखण्डमा रड बोकेको ट्र्याक्टरको पछाडि ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ।

वीरगन्जबाट रड बोकेर रौतहटको देवाहि गोनाही आउँदै गरेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा गए राति मोटरसाइकल ठोक्किँदा सवारी चालक सैनिक जवानको मृत्यु भएको हो।

चितवनबाट आफ्नो घर फर्किने क्रममा कलैया उपमहानगरपालिका-१६ का राजनकुमार रामले चलाएको मोटरसाइकल बाराको सिसहनीया चौक नजिकै करिब ९ बजे ठोक्किएको थियो। प्रहरीका अनुसार ट्याक्टर ठोक्किएका सैनिक जवान रामको शरीर भरी रड छिरेको छ।

उनी चितवनस्थित नेपाली सेनाको ब्यारेकमा कार्यरत रहेको खुल्न आएको छ। सो घटना पछि मृतकलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल, कलैया पठाइएको तथा ट्याक्टर चालक रौतहट देवाहि गोनाही-६ टिकुलियाका ३० वर्षिय रमेश तिवारीलाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १० : ०६ बजे

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ