विवाह भोजको विषयले कुटपिट : वडाध्यक्षमाथि आरोप « Khabarhub

विवाह भोजको विषयले कुटपिट : वडाध्यक्षमाथि आरोप


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको बर्दिबासमा विवाह भोजको विषयमा विवाद हुँदा जनप्रतिनिधिकै निर्देशनमा हातपात भएको आरोप लागेको छ।

बिहीबार राति बर्दिबासस्थित वडा नम्बर ७ मा वडा अध्यक्ष भोरिल यादवको निर्देशनमा उनका ब‌ुबा गंगा यादव र भाइहरू रामस्वाग, राम र रामसुभक यादवले छिमेकी चण्डेश्वर महतोमाथि हातपात गरेको आरोप लागेको हो।

पीडित भनिएका चण्डेश्वर महतोका अनुसार वडा अध्यक्षका बुबा र भाइहरूले घरमै आएर आक्रमण गरेका हुन्। ‘हामी घरमा बसिरहेका थियौँ, उनीहरू एक्कासि आएर अन्धाधुन्ध आक्रमण गरे’, महतोले भने।

वडा अध्यक्ष भोरिल यादवले भने आफ्ना बुबा र भाइहरू घरमा गएर कुटपिट गरेको आरोप निराधार भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले आरोप लगाएका व्यक्तिमध्ये एउटा भाइ गाउँमा नै नभएको अध्यक्ष यादवको जिकिर छ। ‘पहिलेदेखि उहाँहरुबीच झगडा भएको थियो। त्यही क्रममा अहिले भाइ ट्याक्टर चलाएर आउँदा भनाभन मात्र भएको हो,’ अध्यक्ष यादवले भने।

कुटपिटबाट चण्डेश्वरको ढाडमा सामान्य निलडाम देखिन्छ ।  उनका भाइ विन्देश्वर महतो र छोरा उमेश महतो पनि छुटाउने क्रममा सामान्य घाइते भएको प्रत्यक्षदर्शी दिपलाल महतो र रामदेव महतोले बताएका छन्।

अध्यक्ष भोरिल यादव पक्षका अनुसार ११ वैशाखमा चण्डेश्वरकी नातिनीको विवाह भएको थियो। त्योभन्दा अगाडिदेखि महतो (चण्डेश्वर) र गंगा (अध्यक्षका बुबा)बीच खासै राम्रो सम्बन्ध थिएन।

नातिनीको विवाहमा (वडा अध्यक्ष)को घरमा पनि निमन्त्रणा गरे। यहीबाट चण्डेश्वर र गंगाबीच थप विवाद चुलिएको स्थानीयहरूले बताएका छन्। गंगाको परिवार किन आएर भोज खाएको भन्दै गाली, बेइज्जत गरेपछि सामान्य भनाभन भएको वडा अध्यक्ष यादवको भनाइ छ।

घाइते चण्डेश्वर महतोलाई उपचारको लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। घटनाको विषयमा दुवै पक्षबिच थप छलफल अगाडि बढाउने प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ११ : १८ बजे

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ