८ असारलाई रिलिज मिति तोक्दै ‘अन्तिम संस्कार’ को फस्टलुक सार्वजनिक « Khabarhub

८ असारलाई रिलिज मिति तोक्दै ‘अन्तिम संस्कार’ को फस्टलुक सार्वजनिक


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी असार ८ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘अन्तिम संस्कार’ को फस्टलुक सार्वजनिक गरिएको छ।

फस्टलुकमा फिल्मका प्रमुख पात्रहरुलाई समेटिएको छ। वरिष्ठ क्याप्टेन रहेका अभिनेता विजय लामाले फिल्म ‘अन्तिम संस्कार’ बजारमा आइरहेका फिल्मभन्दा फरक रहेको दाबी गरेका छन्।

फिल्ममा लण्डनमा बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशन छ। शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमाजोन प्राइममा मे २ बाट रिलिज हुँदैछ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्म ‘अन्तिम संस्कार’मा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता छन्। विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्म सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो। ‘मर्डर मिस्ट्रि ’को कथालाई फिल्ममा समावेश गरिएको छ।

फिल्ममा विजयका अलावा दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, सुरज खालिङलगायतको अभिनय छ। बाबु श्रेष्ठको छायांकन रहेको यस फिल्मको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन्।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ११ : ३२ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित