८ असारलाई रिलिज मिति तोक्दै ‘अन्तिम संस्कार’ को फस्टलुक सार्वजनिक « Khabarhub

८ असारलाई रिलिज मिति तोक्दै ‘अन्तिम संस्कार’ को फस्टलुक सार्वजनिक


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी असार ८ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘अन्तिम संस्कार’ को फस्टलुक सार्वजनिक गरिएको छ।

फस्टलुकमा फिल्मका प्रमुख पात्रहरुलाई समेटिएको छ। वरिष्ठ क्याप्टेन रहेका अभिनेता विजय लामाले फिल्म ‘अन्तिम संस्कार’ बजारमा आइरहेका फिल्मभन्दा फरक रहेको दाबी गरेका छन्।

फिल्ममा लण्डनमा बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशन छ। शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमाजोन प्राइममा मे २ बाट रिलिज हुँदैछ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्म ‘अन्तिम संस्कार’मा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता छन्। विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्म सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो। ‘मर्डर मिस्ट्रि ’को कथालाई फिल्ममा समावेश गरिएको छ।

फिल्ममा विजयका अलावा दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, सुरज खालिङलगायतको अभिनय छ। बाबु श्रेष्ठको छायांकन रहेको यस फिल्मको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन्।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ११ : ३२ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२