युद्धविरामको अवधि लम्बिएपनि सुडानमा हिंसा जारी « Khabarhub

युद्धविरामको अवधि लम्बिएपनि सुडानमा हिंसा जारी


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खार्तुम- द्वन्द्वग्रस्त अफ्रिकी मुलुक सुडानमा युद्धविरामको अवधि लम्बिएको भए पनि हिंसामा कमी आएको छैन सुडानी सशस्त्र बल (एसएएफ) र विपक्षी र्‍यापिड सपोर्ट फोर्सेस (एसआरएफ) अर्को ७२ घण्टा युद्धविराम गर्न सहमति भए पनि राजधानी खार्तुम र डार्फरमा हवाई हमलाका साथै लुटपाट जारी छ ।

साउदी अरब र अमेरिकाको दबाबमा द्वन्द्वरत दुवै पक्षले युद्धविराम गर्न सहमति जनाए पनि युद्ध भड्केकामा अन्तरराष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले युद्ध अन्त्य गर्ने सहमति पूर्ण रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ ।

अफ्रिकी सङ्घ, संयुक्त राष्ट्रसङ्घ, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बेलायत र अमेरिकाले एक संयुक्त वक्तव्य निकालेर युद्धविराम गर्न सहमति जनाएकामा त्यसको स्वागत गरेका छन् ।

उनीहरूले शत्रुतापूर्ण गतिविधि सदाका निम्ति अन्त्य गर्न वार्ता र मानवीय सहायता सुनिश्चित गर्नेतर्फ द्वन्द्वरत पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

पश्चिमी डार्फरमा भड्किएको युद्धका कारण कुपोषणको शिकार भएका करिब पचार हजार बालबालिकालाई खाद्य सहायता उपलब्ध गराउन नसकिएको राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले जनाएको छ ।

सहायता निकायहरूका अनुसार हिंसाका कारण घरभित्रै फसेका धेरै सुडानी खाना, पानी, इन्धन र बिजुलीको अभावमा छटपटाइ रहेका छन् । केही भने ज्यान जोखिममा पारेर सुडानबाट पलायन भएका छन् ।

चौध दिनअघि युद्ध सुरु भएयता सुडानबाट १४ हजार नागरिक सुरक्षाको खोजीमा देशबाट पलायन भएका इजिप्टका अधिकारीले बताएका छन् । पचास देशका दुई हजार विदेशीले पनि सुडान छाडेका छन् ।

बीस हजार सुडानी चाड पुगेका छन् भने चार हजार दक्षिण सुडानमा शरणार्थी भएका छन् । तीन हजार पाँच सय जना इथियोपिया पुगेका तथा तीन हजारको हाराहारीमा अन्यत्र पलायन भएका राष्ट्रसङ्घीय निकायले जनाएका छन् । युद्ध जारी रहेमा थप दुई लाख ७० हजार सुडानी मुलुकबाट विस्थापित हुने चेतावनी पनि राष्ट्रसङ्घीय निकायहरूले दिएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ५ : १५ बजे

रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो

रसुवा– रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे

मेसी र यामलको भाइरल तस्बिर वास्तविक भएको युनिसेफको पुष्टि: विश्वकपको फाइनलमा प्रतिद्वन्द्वी

काठमाडौँ – सामाजिक सञ्जालमा भाइरल भइरहेको स्पेनका युवा स्टार लामिन

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं– देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश

विश्वकपमा तेस्रो स्थानका लागि किन प्रतिस्पर्धा हुन्छ ?

काठमाडौँ – सेमिफाइनलमा पराजित भएपछि विश्वकपका टोली र समर्थक प्रायः

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको