खाद्य अनुसन्धान अधिकृत ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

खाद्य अनुसन्धान अधिकृत ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीबाट रिसवत लिएको आरोपमा ढुंगेलविरुद्ध विशेष अदालत काठमाडौँमा शुक्रबार मुद्दा दायर गरिएको हो । 

ढुंगेलले अनुज्ञापत्रका लागि सेवाग्राहीसँग एक लाख ५० हजार रिसवत मागेको अख्तियारको दाबी छ । आयोगले ढुंगेललाई रिसवत रकमसहित नियन्त्रणमा लिएको थियो । 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा उक्त रकम बराबरको बिगो दाबी गरेको छ । त्यस्तै, उक्त ऐनको दफा ३ बमोजिमको कैद र बिगो बराबरको जरिवाना माग गरिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ०५ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान