आगामी निर्वाचनमा एक्लै लड्ने कांग्रेस बनाउनुपर्छ : शेखर कोइराला « Khabarhub

आगामी निर्वाचनमा एक्लै लड्ने कांग्रेस बनाउनुपर्छ : शेखर कोइराला


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नेगरी पार्टी निर्माण गर्नुपर्ने बताएका छन् । कांग्रेस मोरङ प्रदेश क्षेत्र नं ५ (२), ६(२) र महानगर समितिको प्रदेश क्षेत्र एवं महानगर संयुक्त सम्मेलनको आज साँझ उद्घाटन गर्दै उनले त्यसको लागि मुलुकभरि सङ्गठन मजबुत गरी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन एक्लै लड्ने गरी अगाडि बढ्नु जरुरी रहेको धारणा राखे ।

उनले आजदेखि आफू जनता एवं पार्टीका साथीसँग जोडिने प्रण गर्छु भन्दै देशभरिका जनताका प्रत्येक सुखदुःखमा साथमा रहेमा कांग्रेसलाई पुरानो अवस्थामा ल्याउने दाबी गरे । नेता डा कोइरालाले हालैसम्म उपनिर्वाचनले कांग्रेसलाई धेरै पाठ सिकाएको उल्लेख गर्दै पार्टीका कमीकमजोरीलाई सुधार गर्दै लाग्नुपर्ने आवश्यकता औँल्याए।

उनले अयोग्य लडाकुलाई आजको आर्थिक अवस्थामा रकम होइन रोजगारी दिनुपर्ने बताउँदै मुलुकको वर्तमान अवस्थामा शिक्षक कर्मचारीलाई पेन्सन नपाइरहेको एवं ऋण लिएर कर्मचारीलाई तलब खुवाउने अवस्थामा दुई लाख दिने निर्णय गलत भएको विचार राखे ।

सम्मेलनमा महानगरका अध्यक्ष दीपक चापागाईं, केन्द्रीय सदस्यहरु रुक्मणि कोइराला, मधु आचार्य र अमृत अर्याल, प्रदेशसभा सदस्य केदार कार्की, शोभा कोइरालालगायतले मुलुकमा सुशासन र जनताको सेवा प्रवाहमा लाग्न नेता एवं कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ९ : २३ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान