कलेजोको हेरचाह र उपचार « Khabarhub

कलेजोको हेरचाह र उपचार

‘अत्यधिक मद्यपान सिरोसिसको प्रमुख कारण हो’


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

कलेजो हाम्रो शरीरको निकै महत्त्वपूर्ण अंगमा पर्छ। यसले खाएको खानालाई रामरी पचाउन मद्दत गर्छ। कलेजोमा लाग्ने रोगलाई शल्यक्रिया र अन्य चिकित्सा विधिबाट उपचार गर्ने गरिन्छ। कलेजोको क्यान्सर र सिस्टलाई शल्यक्रियामार्फत काटेर फाल्नुपर्ने हुन्छ। पछिल्लो समय कलेजोमा धेरै लाग्ने रोग लाग्ने गरेको चिकित्सकको भनाइ छ। त्यो रोगमध्ये सिरोसिस् पनि एक हो। यो रोगमा कलेजोको आकार खुम्चिएर त्यसमा कठोरता आउँछ। यस रोगमा कलोजोका धेरै कोशिका नष्ट हुन्छन्। फाइबर तन्तुले त्यसको स्थान लिन्छन्। साथै कलेजोको बनावट पनि असामान्य हुन्छ। सिरोसिस भन्नाले कलेजोको रोग अन्तिम अवस्थामा पुगेर कामै नलाग्ने भएको अवस्था हो। यस बिमारीको अन्तिम उपचार कलेजो प्रत्यारोपण हो। त्यसैले कलेजोमा के कस्ता समस्या देखा पर्छन् ? कलेजो प्रत्यारोपण भनेको के हो ? उपचार पद्धति कस्तो छ ? यसै विषयमा आधारित रहेर खबरहबका लागि कलेजो रोग विशेषज्ञ डा. रमेशसिंह भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

सिरोसिस कस्तो समस्या हो ?
लिभर सिरोसिसको प्रमुख कारण भनेको नै कलेजो गम्भीर रुपमा क्षतिग्रस्त हुनु हो। गलत खानपान तथा मदिराको अत्याधिक सेवन गर्नु नै यसको प्रमुख कारण हो। विषादीयुक्त खानपानले एक दुई हप्तामै सामान्य व्यक्तिको कलेजो बिगार्न सक्छ। यस्तो अवस्थामा कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था आउनसक्छ। वोसोयुक्त चिजको सेवनले, बढी मासुजन्य आहार लिनाले र औषधिको साइड इफेक्टको कारणले लिभर सिरोसिस जस्तो गम्भीर रोग लाग्नसक्छ। लिभर सिरोसिस भन्नाले हाम्रो शरीरको कलेजोले काम गर्न छाड्ने अवस्थालाई बुझिन्छ।

सिरोसिस हुने कारणहरु के हुन् ?
हाम्रो नेपालमा सिरोसिसको समस्या बढ्नुको पहिलो कारण भनेको अत्यधिक रुपमा मद्यपान गर्नु हो। साथै कुनै मानिसलाई हेपाटाइटिस बी रोग लाग्नु पनि हो। कतिपयको कलेजोमा बोसो जमेको कारणले पनि सिरोसिस हुन्छ।

सिरोसिसका लक्षणहरु के के हुन् ?
सिरोसिस हुदाँ बिरामीमा जन्डिस लामो समयसम्म रहिरहने हुन्छ। कुनै पनि खाने कुराहरु खान मन नलाग्ने, तारनतार बान्ता हुने, आलस्य हुने, पिसाब आउन कम हुने, खुट्टा सुनिन्ने, फुल्ने, पेट फुल्ने वा पेट ठूलो हुने, केटी मान्छेको स्तन बढेर आउने, दिसामा रगत आउने, दिसा कालो हुने, बोली लटपटिने, बेला–बेलामा होस गुमाउने, रातमा बर्बराउने लगायतका लक्षण देखा पर्छन्।

सिरोसिस हुनबाट कसरी बच्ने ?
सिरोसिस जस्तो गम्भीर रोगबाट बच्नका लागि सबै भन्दा पहिला त सबैले आफ्नो खानपान र जिवनशैलीमा सुधार गर्नुपर्छ। जसमा मदिराजन्य पदार्थको सेवन गर्नु हुँदैन। अन्य खानाका परिकार फास्ट फुड्स, बोसोयुक्त आहार, लामो समयसम्म मासुजन्य परिकार खानु हँुदैन। राम्ररी उमालेको पानी मात्र पिउने गर्नुपर्छ। आफ्नो कलेजोमा बोसो जमेको छ कि छैन भनेर समय समयमा आफ्नो स्वास्थ परीक्षण गरिरहनुपर्छ। आफूले खाने खानामा भिटामिन्स र एन्टिअक्सिडेन्ट्सले भरिएका खानेकुरा जस्तै हरिया सागपात, फलफूल, गाजर, मुला, चुकन्दर, सोयाबिन, अन्डा दूध आदि सेवन गर्नुपर्छ।

कलेजो प्रत्यारोपण भनेको के हो ?
सामान्य भाषामा कलेजो प्रत्यारोपण भनेको जुन व्यक्तिलाई कलेजो चाहिएको हो। त्यो व्यक्तिको कलेजोको बिग्रिएको भाग निकालेर त्यो निकालिएको भागमा कलेजो दिने व्यक्तिको लगभग ४० देखि ६० प्रतिशत कलेजो काटेर रगतका नशा र पित्तनलीका नसालाई मिलाएर जोडिन्छ। त्यो प्रक्रिया नै कलेजो प्रत्यारोपण हो। हामीले कलेजो प्रत्यारोपण गर्नुभन्दा अगाडि लिने व्यक्तिलाई कति कलेजो चाहिएको छ र दिने व्यक्तिले कति दिँदा उसको स्वास्थ्यमा कुनै पनि असर पर्दैन भनेर परीक्षण गरेर मात्र कलेजो प्रत्यारोपण गरिन्छ।

कलेजो प्रत्यारोपण गरेपछि बिरामीले के के कुरामा ध्यान दिनुपर्छ ?
कलेजो प्रत्यारोपण गरेपछि बिरामीले सबै भन्दा पहिला शल्यक्रिया गरिएको ६ महिना वा एक वर्षसम्म धेरै सावधानी अपनाउनुपर्छ जसमा चिकित्सकले दिएको औषधि ठिक समयमा सेवन गर्नुपर्छ र अस्पताल गएर नियमित जाँच गराउनुपर्छ। रुघाखोकी लगायतका सरुवा रोग लागेका व्यक्तिको सम्पर्कमा जानु हुँदैन अर्थात् भिडभाडमा जानु हुँदैन। घरमा नै बनाएका खाना खानुपर्छ। साथै मद्यपान र धूम्रपानबाट टाढा बस्ने र अन्य रोगको संक्रमण हुनबाट बच्नुपर्छ। जताभावी औषधि र आयुर्वेदिक भनेर खानु हुँदैन।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ७ : ११ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक