रुपेश जैसवालले उचाले बुद्धिचालको उपाधि « Khabarhub

रुपेश जैसवालले उचाले बुद्धिचालको उपाधि


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर युवा टीमको आयोजनामा भक्तपुरमा भएको स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल प्रथम भएका छन्।

सो प्रतियोगितामा सुदीप तामाङ दोस्रो र बद्रीलाल नेपाली तेस्रो हुन सफल भए भने शुक्रबार सुरु भएको प्रतियोगितामा चौथौँ सुरोज महर्जन, पाँचौँ शुशिल चौधरी, छैटौं क्षितिज भण्डारी, सातौँ सुरवीर लामा, आठौँ नवीन तण्डुकार, नवौं सुसोन दाहाल र दसौं राजेश कक्षपति हुन सफल भए।

विजयी खेलाडीहरुलाई शनिबार एक कार्यक्रम गरी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो। उनीहरूलाई बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। प्रतियोगितामा पहिलो हुने नगद रु २५ हजार, दोस्रो हुने १५ हजार र तेस्रो हुने १० हजार नगद पुरस्कारबाट पुरस्कृत भए। चौथौँ हुनेलाई आठ हजार, पाँचौँ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँच-पाँच हजार नगद पुरस्कारको व्यवस्था रहेको रहेको थियो।

आयोजक टीमका अध्यक्ष केशव त्वानाबासुका अनुसार प्रतियोगितामा कुल एक सय ४० जनाले सहभागिता जनाएका थिए, जसमध्ये ६ जना महिला थिए। प्रतियोगितामा सातदेखि ८२ वर्षसम्मका सहभागी भएको जनाइएको छ। सो प्रतियोगितामा विदेशी खेलाडीहरुसमेत सहभागी रहेको थियो।

टीमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा सो प्रतियोगिता गरिएको हो। ग्वाछाको झण्डै ४५ दिन अघि अल्पआयुमै अकल्पनीय निधन भएको थियो। उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए। कार्यक्रममा स्वर्गीय ग्वाछाका धर्मपत्नी लक्ष्मीश्वरी ग्वाछालाई पनि कदरपत्र वितरण गरिएको थियो।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ८ : २१ बजे

खनिज आपूर्ति सुरक्षित गर्न भारत–अमेरिकाबीच ऐतिहासिक सम्झौता

नयाँ दिल्ली- भारत र संयुक्त राज्य अमेरिकाले मङ्गलबार महत्वपूर्ण खनिज

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

सियोल- उत्तर कोरियाले मङ्गलबार आफ्नो पश्चिमी तटबाट अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ

बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वर्षको बजेट मुख्यरूपमा

परराष्ट्रद्वारा ‘मोफा मित्र’ एप सार्वजनिक, विदेशस्थित नेपालीलाई सहयोग सहज हुने

काठमाडौं– विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार

नेप्से परिसूचक ९.२४ अङ्कले ओरालो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नौ