रुपेश जैसवालले उचाले बुद्धिचालको उपाधि « Khabarhub

रुपेश जैसवालले उचाले बुद्धिचालको उपाधि


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर युवा टीमको आयोजनामा भक्तपुरमा भएको स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल प्रथम भएका छन्।

सो प्रतियोगितामा सुदीप तामाङ दोस्रो र बद्रीलाल नेपाली तेस्रो हुन सफल भए भने शुक्रबार सुरु भएको प्रतियोगितामा चौथौँ सुरोज महर्जन, पाँचौँ शुशिल चौधरी, छैटौं क्षितिज भण्डारी, सातौँ सुरवीर लामा, आठौँ नवीन तण्डुकार, नवौं सुसोन दाहाल र दसौं राजेश कक्षपति हुन सफल भए।

विजयी खेलाडीहरुलाई शनिबार एक कार्यक्रम गरी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो। उनीहरूलाई बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। प्रतियोगितामा पहिलो हुने नगद रु २५ हजार, दोस्रो हुने १५ हजार र तेस्रो हुने १० हजार नगद पुरस्कारबाट पुरस्कृत भए। चौथौँ हुनेलाई आठ हजार, पाँचौँ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँच-पाँच हजार नगद पुरस्कारको व्यवस्था रहेको रहेको थियो।

आयोजक टीमका अध्यक्ष केशव त्वानाबासुका अनुसार प्रतियोगितामा कुल एक सय ४० जनाले सहभागिता जनाएका थिए, जसमध्ये ६ जना महिला थिए। प्रतियोगितामा सातदेखि ८२ वर्षसम्मका सहभागी भएको जनाइएको छ। सो प्रतियोगितामा विदेशी खेलाडीहरुसमेत सहभागी रहेको थियो।

टीमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा सो प्रतियोगिता गरिएको हो। ग्वाछाको झण्डै ४५ दिन अघि अल्पआयुमै अकल्पनीय निधन भएको थियो। उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए। कार्यक्रममा स्वर्गीय ग्वाछाका धर्मपत्नी लक्ष्मीश्वरी ग्वाछालाई पनि कदरपत्र वितरण गरिएको थियो।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ८ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै