विपक्षी दलको बहिष्कारका बाबजुद मोदीले गरे नयाँ संसद् भवनको उद्घाटन | Khabarhub Khabarhub

विपक्षी दलको बहिष्कारका बाबजुद मोदीले गरे नयाँ संसद् भवनको उद्घाटन


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतका विपक्षी दलले समारोह बहिष्कार गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको उद्घाटन गरेका छन्।

नयाँ संसद् भवनको उद्घाटन राष्ट्रपतिले गर्नु पर्ने विपक्षीको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री मोदीले आइतबार बिहान उद्घाटन गरेका हुन्। तर, मोदीको विपक्षीको आग्रह अस्वीकार गरेकोमा प्रतिपक्ष दलले सरकारको आलोचना गरिरहेका छन्।

प्रतिपक्ष दलहरूले हिन्दुत्व विचारधारा वीडी सावरकरको जन्मजयन्तीको अवसरमा संसद् भवन उद्घाटन गर्ने निर्णयको पनि निन्दा गर्दै आएका छन्। तर, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले  विपक्षीको बहिष्कारलाई भने ‘लोकतन्त्रको अनादर’ भनेको छ।

नयाँ संसद् भवन राजधानी दिल्लीमा सेन्ट्रल भिस्टा पावर करिडोरको विकास गर्ने सरकारको महत्वाकांक्षी परियोजनाको एक हिस्सा हो।

नयाँ भवनको उद्घाटन गर्दै मोदीले भारतको स्वतन्त्रताको ७५ वर्ष पछि सो संघर्षमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् भने ७५ रुपैयाँको नयाँ सिक्का पनि अनावरण गरेका छन्। नयाँ चार तले भवन अनुमानित ९.७ बिलियन रुपैयाँमा निर्माण भएको हो।

लोक सभा कक्षलाई भारतको राष्ट्रिय चरा मयूरको जस्तै डिजाइन गरिएको छ भने तल्लो सदन अर्थात् राज्यसभा कक्षलाई भारतको राष्ट्रिय फूल कमलसँग मिल्दोजुल्दो बनाउन डिजाइन गरिएको छ। गत बुधबार प्रमुख प्रतिपक्षी कांग्रेस सहित १९ दलले उद्घाटन समारोह बहिष्कार गर्ने सामूहिक निर्णयको घोषणा गरेका थिए।

उनीहरूले नयाँ संसद् भवन राष्ट्रपतिबाट उद्घाटन गराउनु पर्ने माग राखेका थिए। तर, विपक्षीको माग सम्बोधन नगरी प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ संसद् भवनको उद्घाटन गरेका हुन्।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  १० : ५४ बजे

अमेरिकाको मोर्मोन चर्चमा सशस्त्र आक्रमण, चार भक्तजनको मृत्यु

एजेन्सी–  मिचिगनस्थित मोर्मोन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा चार

टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौं– नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

खार्पुनाथमा आमा र शिशुलाई पोषण सामग्री सहयोग

सिमकोट– यहाँको खार्पुनाथ गाउँपालिकाले आफ्ना वडामा रहेका सुनौलो हजार दिनका

नेपाली पौडीबाज अथर्वको दुई राष्ट्रिय कीर्तिमान

काठमाडौं– नेपाली पौडीबाज अथर्व सिंहले ११ औँ एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा

चर्खेपिङ संरक्षण गर्दै गाउँले

गलकोट– चर्खेपिङ लोप हुँदै गएपछि यहाँको बागलुङ नगरपालिका–९ सिगानाका स्थानीयले