भ्रष्टाचारविरुद्धको आन्दोलनमा होमिए महोत्तरीका साहित्यकार   « Khabarhub

भ्रष्टाचारविरुद्धको आन्दोलनमा होमिए महोत्तरीका साहित्यकार  


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- बीसको दशकयता नेपाली साहित्यमा देखापरेका साहित्यिक आन्दोलनमध्ये केही मात्र अस्तित्वमा छन्। तर ‘राल्फा’ आन्दोलनको चर्चा हिजोआज पनि भइरहन्छ।  २०२१ सालमा सरकारविरुद्ध सुरु भएको राल्फा प्रगतिशील संगीत बनेर स्थापित भयो।

काठमाडौँमा जन्मिए पनि यो आन्दोलन गाउँगाउँसम्म पुग्यो। पारिजातको नेतृत्वमा यसका अभियन्ता मेची-महाकालीसम्म पुगेका थिए । यस्तै साहित्यिक आन्दोलनको सुरुवात हुने भएको छ, महोत्तरीमा पनि।

भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमलाई थप सशक्त बनाउन र खबरदारी गर्न प्रगतिशील लेखक संघ महोत्तरीले गणतन्त्र दिवसको अवसर पारेर औपचारिक सुरुवात गर्ने भएको छ। `लेखक तथा साहित्यकारहरुले आफ्ना साहित्यिक रचनाको माध्यमबाट आन्दोलन गर्ने तयारी गरेका हुन्।’ प्रगतिशील लेखक संघ महोत्तरीका अध्यक्ष नारायण घिमिरेले भने।

यसअघि पनि विद्रोही चेतका कविताका माध्यमबाट जिल्लाका साहित्यकारहरुले आफ्ना रचनाहरु प्रकाशन गर्दै आएका छन्। सामाजिक मुद्दाका विषयहरूलाई समेत रचनाका माध्यमबाट प्रस्फुटित गर्दै आएका महोत्तरीका साहित्यकारहरू भ्रष्टाचारको विरुद्ध पहिलोपटक संगठित हुन लागेका हुन्।

मोफसलबाट सुरु गरिएको यो साहित्यिक आन्दोलन सम्भवत: देश कै पहिलो आन्दोलन हुन सक्ने प्रगतिशील लेखक संघको दाबी छ। तत्कालीन समयमा रायन र रमेशले रेडियो नेपालबाट पारिश्रमिक नपाएको विषयमा पारिजातले नेतृत्व गरेको राल्फा आन्दोलनको जतिकै यो आन्दोलन सशक्त बन्नुपर्ने अध्यक्ष नारायण घिमिरेले बताए।

समाजमा विद्रोही चेतका कविताका माध्यमबाट भ्रष्टाचारविरुद्ध चलाइने कलम साहित्यकारहरुको लागि आफैँमा चुनौती भए पनि सबैले त्यसको जिम्मेवारीबोध गर्नुपर्ने महोत्तरीका साहित्यकारहरुको बुझाइ छ।

गणतन्त्र दिवसको दिन बर्दिबासस्थित एक होटेलमा हुने आयोजित कार्यक्रममा साहित्यकारहरुले आफ्ना विद्रोही भावहरु व्यक्त गरेर भ्रष्टाचारविरुद्धको साहित्यिक आन्दोलनको सुरु गर्नेछन्।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ११ : ०६ बजे

सुडी समाज काठमाडौंले मनायो होली

काठमाडौं– सुडी समाज काठमाडौँले आज यहाँ फागु अर्थात् होली पर्व हर्षोल्लासका

चाडपर्वमा एकरुपता ल्याउन महानगर एवम् पञ्चाङ्ग निर्णायक समितिबीच छलफल

काठमाडौं– विसं २०८३ का तिथिमिति र काठमाडौँ उपत्यकाका चाडपर्वमा एकरुपता

इरानी आक्रमणबाट कुवेतमा एक जनाको मृत्यु, ३२ घाइते

कुवेत- इरानको आक्रमणमा कुवेतमा पनि एकजनाको ज्यान गएको छ। कुवेतको

बालेनका चुनावी कमाण्डर भन्छन्, ‘उहाँले मिडिया फेस नगर्नु रणनीति हो’

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार शैली दक्षिण भारतीय सिनेमा

इजरायलमा इरानी मिसाइल आक्रमण, एकैठाउँ मर्नेको संख्या ८ पुग्यो, २७ जना घाइते

तेलअभिभ- इजरायलको बेइत शेमेश सहरमा इरानले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा