जलहरी प्रकरण संसदको रेकर्डबाट हटाउनु गलत : शेखर कोइराला « Khabarhub

जलहरी प्रकरण संसदको रेकर्डबाट हटाउनु गलत : शेखर कोइराला


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्तारुढ नेकपा माओवादीका सांसद लेखनाथ दाहालले बोलेको पशुपतिनाथको जलहरी प्रकरण संसदको रेकर्डबाट हटाएकोमा असन्तुष्टि जनाएका छन्।

सत्तापक्ष र विपक्षी दलको सहमतिमा संसद्‌बाट सांसदको अभिव्यक्ति हटाएर विगतका अनियमितता ढाक्न नसकिने उनले बताएका छन्।

‘संसद्मा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनियमितता सम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरूप कार्य गर्ने ।’ कस्तो विडम्बना उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्ने भन्दै नेता कोइरालाले प्रश्न गरेका छन्, ‘हामी सांसदको गरिमालाई कता लैजाँदैछौं। के हाम्रो संसद्ले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो।’

कोइरालाले यो देशमा आम जनता, नागरिक समाज तथा संचार जगत पनि छ भन्ने कुरा नबिर्सन चेतावनी पनि दिएका छन्।

हेर्नुस् उनको स्टाटस्

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ११ : ३७ बजे

एमाले बैठकमा नेताहरूबीच भनाभन : को एमाले विरोधी, को ओली विरोधी ?

काठमाडौं– नेकपा (एमाले) को शुक्रबार बसेको बैठकमा नेताहरूबीच भनाभन भएको

कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको १० लाख २३ हजार

तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन सम्पन्न

भक्तपुर– यसवर्षको तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन शुक्रबार चाँगुनारायण नगरपालिकामा

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ दललाई चुनाव चिह्न प्रदान

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

आज देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल