अनुष्काले वर्षमा एउटा मात्र फिल्म गर्ने | Khabarhub Khabarhub

अनुष्काले वर्षमा एउटा मात्र फिल्म गर्ने


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री अनुष्का शर्मा र उनका क्रिकेटर पति विराट कोहली बलिउडको रुचाइएको जोडीमा पर्दछन् । यो जोडीले पहिलो सन्तानका रुपमा भामिकालाई सन् २०२१ मा स्वागत गरे । अहिले अनुष्का फिल्मभन्दा बढी ब्राण्ड प्रमोसनदेखि सम्झौतामा व्यस्त छिन् ।

उनले हालैमात्र भारतीय बलर झुलन गोस्वामीको बायोपिकको काम सकिन् । केही दिनअघिमात्र विराट र अनुष्का बेङ्लोरको पुमाको एक कार्यक्रममा देखिए । जहाँ अनुष्काले विराट र छोरी भामिकासँगै आफ्नो आगामी जीवन र करियरको बारेमा खुलेर कुरा गरिन् ।

‘भामिकाको अहिले बढी आमासँग बस्ने उमेर हो । भामिकाका लागि विराट आदर्शवान पिता हुन् । अहिलेको अवस्थामा भामिकालाई विराटको भन्दा पनि मेरो बढी आवश्यकता छ । त्यहीकारण अब म भामिकाकै लागि वर्षमा एउटा मात्र फिल्म गर्न चाहन्छु’, अनुष्का थपिन्, ‘अभिनय र परिवारलाई सन्तुलनमा राख्न मैले यो निर्णय लिएकी हुँ । भामिकाका लागि मेरो उपस्थिति र नेतृत्व अनिवार्य भइसकेको छ ।’

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  १ : २३ बजे

बझाङमा एमालेको अग्रता यथावत, कांग्रेसलाई माओवादीले उछिन्यो

  बझाङ–बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

सर्लाहीका आठ लाख बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाइने

बरहथवा– राष्ट्रिय अभियान अन्तरगत सर्लाहीमा पनि हात्तीपाइले रोगविरुद्धको आम औषधि

९८ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

इलाम २ मा सुरुबाटै मुढाभन्दा पछि पर्‍यो घण्टी

इलाम–इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको राष्ट्रिय

हमासको नियन्त्रणमा रहेका दुई बन्धकको भिडिओ सार्वजनिक

गाजा– गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले