अनुष्काले वर्षमा एउटा मात्र फिल्म गर्ने « Khabarhub

अनुष्काले वर्षमा एउटा मात्र फिल्म गर्ने


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री अनुष्का शर्मा र उनका क्रिकेटर पति विराट कोहली बलिउडको रुचाइएको जोडीमा पर्दछन् । यो जोडीले पहिलो सन्तानका रुपमा भामिकालाई सन् २०२१ मा स्वागत गरे । अहिले अनुष्का फिल्मभन्दा बढी ब्राण्ड प्रमोसनदेखि सम्झौतामा व्यस्त छिन् ।

उनले हालैमात्र भारतीय बलर झुलन गोस्वामीको बायोपिकको काम सकिन् । केही दिनअघिमात्र विराट र अनुष्का बेङ्लोरको पुमाको एक कार्यक्रममा देखिए । जहाँ अनुष्काले विराट र छोरी भामिकासँगै आफ्नो आगामी जीवन र करियरको बारेमा खुलेर कुरा गरिन् ।

‘भामिकाको अहिले बढी आमासँग बस्ने उमेर हो । भामिकाका लागि विराट आदर्शवान पिता हुन् । अहिलेको अवस्थामा भामिकालाई विराटको भन्दा पनि मेरो बढी आवश्यकता छ । त्यहीकारण अब म भामिकाकै लागि वर्षमा एउटा मात्र फिल्म गर्न चाहन्छु’, अनुष्का थपिन्, ‘अभिनय र परिवारलाई सन्तुलनमा राख्न मैले यो निर्णय लिएकी हुँ । भामिकाका लागि मेरो उपस्थिति र नेतृत्व अनिवार्य भइसकेको छ ।’

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  १ : २३ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त