आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण संसद्‌मा पेस « Khabarhub

आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण संसद्‌मा पेस


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९-८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा पेस गरेका छन् । आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री महतले सन् २०२३ मा विश्वको अर्थतन्त्र नै समस्यामा परेकाले त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको उनले बताए।

‘अन्तर्राष्ट्रिय आर्थिक परिवेश र संरचनात्मक समस्याका कारण थोक तथा खुद्रा व्यापार, निर्माण, उत्पादनमूलक उद्योगको उत्पादनलगायत समग्र आर्थिक क्रियाकलापमा सङ्कुचन भई चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर दुई दशमलव १६ प्रतिशत हुने अनुमान छ’, उनले भने । 

वस्तु आयातमा भएको सङ्कुचन र समष्टिगत मागमा आएको कमीका कारण आर्थिक गतिविधिमा सुस्तता आइ स्रोत व्यवस्थापनमा पनि दबाब देखिएको उनले बताए। 

विश्व बजारमा पेट्रोलियम पदार्थ, खाद्यान्न तथा कच्चापदार्थको मूल्यमा भएको वृद्धिका कारण पनि समस्या देखिएको अर्थमन्त्री महतले बताए । बाह्य क्षेत्रमा सुधार भएर शोधनान्तर स्थिति बचतमा, विदेशी मुद्राको सञ्चिति बढेको, पर्यटन आवागमन बढेकोलगायत अर्थतन्त्रमा सकारात्मक संकेत पनि देखिन थालेको उनले बताए ।

आर्थिक सर्वेक्षणमा संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार एक सय किलोमिटर पुगेको, कूल जडित विद्युत् क्षमता दुई हजार छ सय ६६ मेगावाट पुगेको उल्लेख छ । 

साथै आधारभूत तहमा विद्यार्थी भर्नादर बढेको, खुद मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर घटेकोलगायतका सूचकहरू उनले प्रस्तुत गरे । आधारभूत खानेपानी सुविधा र विद्युत् सेवामा ९५ प्रतिशत नागरिकको पहुँच पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

अर्थमन्त्री डा महतले आजै सार्वजनिक संस्थानको वर्तमान कार्यसम्पादनको अवस्था, वित्तीय अवस्था र समस्या तथा चुनौतीको विश्लेषण सहितको प्रतिवेदन पनि प्रतिनिधिसभामा पेस गरेका छन् ।

‘विगतमा सार्वजनिक संस्थानले मुलुकको आर्थिक सामाजिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि समयक्रममा खासगरी सञ्चालन एवम् व्यवस्थापनमा देखा परेका कमी कमजोरीका कारण समग्र वित्तीय स्थिति सन्तोषजनक नरहेको अवस्था छ’, अर्थमन्त्री महतले भने ।

उहाँका अनुसार नेपाल सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा छन् र सार्वजनिक संस्थानमा सरकारको शेयर तथा ऋण लगानी गत असार मसान्तसम्ममा रू छ खर्ब १८ अर्ब पुगेको छ ।

गत आर्थिक वर्षमा सरकारले सार्वजनिक संस्थानबाट छ अर्ब १६ करोड बराबरको लाभांश लिएको छ । जुन लगानीको एक प्रतिशत बराबर मात्रै हो ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ३ : १२ बजे

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

चितवन– पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही

सांसदको कटाक्ष : भारतीय भूमि मिच्यौँ भनेर हिँडेका प्रधानमन्त्री बेपत्ता छन्, सुस्ताबासीलाई ढाडस दिन पुगे होला

काठमाडौं– प्रतिनिधिसभाको सोमबारको बैठकमा सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीको उपस्थितिलाई लिएर

सरकारलाई हर्कको प्रश्न : टेम्पो भिरबाट गुल्ट्याउने, मोबाइल पानीमा डुबाउने, घरमा प्रहरीले ढुंगा हान्ने, यो कस्तो सुशासन हो ?

काठमाडौं- श्रमसंस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री वालेन

पद्माको चुनौती : मन्त्रीहरूको धम्की धेरै भयो, पुराना दलको सबै फाइल खोले हुन्छ

काठमाडौं- नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्री बालेन

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौं– अन्धोपन निवारणका लागि आँखा उपचार सेवामा अतुलनीय योगदान पुर्‍याएको जनाउँदै