‘हिमाली क्षेत्रमा देखिएको नेटवर्कको समस्याप्रति ध्यानाकर्षण भएको छ’ « Khabarhub

‘हिमाली क्षेत्रमा देखिएको नेटवर्कको समस्याप्रति ध्यानाकर्षण भएको छ’


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हिमाली क्षेत्रमा देखिएको टेलिकमको नेटवर्कको समस्या समाधानमा चासो व्यक्त गरेकी छन्   । 

सगरमाथा आरोहणको ७०औँ वार्षिक समारोहमा हुलाक सेवा विभाग, फिलाटेलिक तथा हुलाक व्यवस्थापन कार्यालयले प्रकाशन गरेको ‘संस्मरणात्मक आवरण’ मा आज टाँचा लगाउँदै सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले हिमाल आरोहण गर्ने क्षेत्रको बेसक्याम्प र सो भन्दा माथि टेलिकमको नेटवर्कमा देखिएको समस्याप्रति ध्यानाकर्षण भएको बताइन् । 

‘हिमालको बेसक्याम्पसम्म नेटवर्कको समस्या छ, नेटवर्कले काम गर्दैन भन्ने समस्या छ, त्यसले धेरैमा समस्या पैदा गरेको छ, धेरैतिरबाट गुनासो आउने गरेका छन् । सँगै हिमालमा सरसफाइको कुरा पनि उठ्दै आएकाले यी विषयमा मेरो ध्यानाकर्षण भएको छ’ उनले भनिन् । नेपाल पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण मानिएको र हिमाल आरोहण नेपालीका लागि गौरवको कुरा भएको उल्लेख गर्दै मन्त्री शर्माले हिमाल आरोहणका धेरै सम्भावना भएको उल्लेख गरिन् । 

‘हिमाल आरोहणको विषय मुलुकको अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण विषय हो, नेपालका हिमालबारे अझै प्रचारप्रसार हुनसकेको छैन । हामीले हिमालको बारेमा प्रचारप्रसार गर्न जरुरी छ’, मन्त्री शर्माले भनिन्। प्राचीन हिन्दूकुश हिमाल पर्वत शृङ्खलाको मध्यपूर्वी भागमा पर्ने नेपालको सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा विश्वको सर्वोच्च हिमशिखर सगरमाथा अवस्थित छ ।  

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ३ : ५९ बजे

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।

भिक्टरले चलाए सुधन गुरुङ गृहमन्त्रीको लागि लायक छन् भन्ने पोल

काठमाडौं– रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले सुधन गुरुङ

मेयर छोडेको दुई महिनामै प्रधानमन्त्री बने बालेन्द्र (तस्बिरहरू)

काठमाडौं- २०७९ वैशाखको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वािचत बालेन्द्र शाह

कांग्रेसले ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यका

बालेन सरकार : प्रधानमन्त्रीसहित सबै मन्त्रीले लिँदै शपथ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा