सेयर बजार १७.३८ अंकको गिरावट « Khabarhub

सेयर बजार १७.३८ अंकको गिरावट


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजारमा लगातार ७ दिनको वृद्धिपछि आइतबार बजार करेक्सनमा गएको छ । यस दिन नेप्से सूचक १७.३८ अंकले घटेर १९४१.७४ विन्दुमा अडिएको छ । २ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । 

ट्रेडरहरुले नाफा बुक गर्दा बजारमा केही दबाब परेको अनुमान गरिएको छ । आइतबार पनि अन्तिम प्रहरमा मात्र बिक्रेता हावी भएका हुन् । कारोबार अधिकांश समय भने बजार हरियो नै रहेको थियो । 

लगातार ७ कार्य दिन बढेको बजारमा करेक्सन आउनु स्वभाविक पनि हो । ट्रेडरहरुले निश्चित प्रतिशत मुनाफामा खरिदबिक्री गर्ने भएकाले पनि बजारमा उतारचढावहरू आइरहन्छ, जुन स्वभाविक पनि हो । सोमबार नयाँ बजेट आउँदैछ । बजेटमा लगानीकर्ताले पुँजीगत लाभकर घटाउने लगायतका सुधारको अपेक्षा गरेका छन् ।

समग्रमा पछिल्ला दिनहरूमा सेयर बजारको गति सकारात्मक रह्यो । १८०७ विन्दुमा आएको बजार करिब डेढ सय अंक बढेर १९५० भन्दा माथि पुग्यो । यसले लगानीकर्तामा केही उत्साह भने अवश्य जगाएको छ । 

यस दिन २७० कम्पनीको ७० लाख ५० हजार कित्ता सेयर कारोबार भएको छ । २१ करोड ७९ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र सोल्टी होटल परेका छन् । 

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ४ : १८ बजे

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी