‘युग नायिका’ को उपाधि अभिनेत्री विपनालाई  « Khabarhub

‘युग नायिका’ को उपाधि अभिनेत्री विपनालाई 


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक समयकी नेपाली फिल्मकी सफल अभिनेत्री विपना थापालाई ‘यूग नायिका’ को उपाधि प्रदान गरिएको छ । काठमाडौँमा शनिबार आयोजित तेस्रो संस्करणको स्पर्स म्युजिक भिडियो अवार्ड २०२३ मा विपनालाई यो उपाधि प्रदान गरिएको हो । विपना २०५० को दशककी सफल अभिनेत्रीमा पर्छिन् । 

टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल ईन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विपनाको डेब्यू फिल्म ‘जन्मभूमि’का निर्देशक तथा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नृत्य निर्देशकहरू राजु शाह, कमल राई तथा छायांकार शिव ढकालले विपनालाई उपाधि प्रदान गरेका थिए । 

आईएमई पेद्वारा पावर्ड गरिएको तथा महेरु फेसन एण्ड डिजाइनको प्रस्तुतिमा भएका कार्यक्तममा प्रभु बैंकको सहकार्य थियो । समारोहमा अघिल्लो वर्षका उत्कृष्ट म्युजिक भिडियो तथा तीनका स्रष्टालाई पुरस्कृत गरिएको थियो । अवार्डको जूरी सदस्यमा मेकअप आर्टिस्ट ऋतु राणा, लोक गायक नमराज ढुंगाना, गायक नविन कुमार पौडेल, संगीतकार राजेन्द्र बजगाईं तथा मोडल सञ्चिता शाही रहेका थिए ।

समारोहमा अभिनेता गोपाल ढकाल छन्दे, मोडल तथा कोरियोग्राफर नरेश वीर सिंह, गीतकार तथा सामाजिक अभियन्ता निर्मला राई परिवेश, गीतकार तथा सामाजिक अभियन्ता शान्ती खत्री, मोडल अंकित कुमार अधिकारी, मोडल नरेश जंग कार्की, मोडल बिपिन खड्का, गायक तथा पत्रकार पुष्पराज तिमिल्सिना तथा अभिनेता तथा मोडल अयुब केसीलाई सम्मानित गरियो ।

समारोहमा नम्रता सापकोटा, ऋचा थापा, प्रनिमा दाहाल, प्रविणा श्रेष्ठ, दावा तामाङ, प्रशान्त मगर तथा किड्स क्यापिटल नेपाल २०२२ तथा २३ का आश्रिया थापा, आरोन श्रेष्ठ, सुहान पुन, मीमिक राना मगर, दिपशन चिलुवाल, इश्लिया गुरुङले विशेष प्रस्तुति दिएका थिए ।

समारोहमा राजु शाहलाई लिजेन्ड्रि सिने कोरियोग्राफरको अवार्ड प्रदान गरियो भने रेनशा बान्तवा राईलाई पपुलर सिने डाइरेक्ट (फिमेल) तथा मिलन चाम्सलाई पपुलर सिने डाइरेक्टर (मेल) को अवार्ड प्रदान गरियो ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ४ : ३७ बजे

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य