अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा आयोजित विशेष रात्रिभोजमा सहभागी भएका छन्।

न्युयोर्कमा जारी महासभाको उच्चस्तरीय सप्ताहका क्रममा राष्ट्रपति ट्रम्पले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता थियो। सो कार्यक्रममा परराष्ट्रमन्त्री खनाल नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका हुन्।

मन्त्री खनालले महासभाको ‘साइडलाइन’मा विभिन्न देशका विदेशमन्त्री तथा उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता जारी राखेका छन्। भेटवार्ताका क्रममा उनले नेपालमा हालै गएको बाढी-पहिरोबाट भएको क्षति, जलवायु न्याय, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोगलगायतका विषयमा गहन छलफल गरिरहेका छन्।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  १० : १४ बजे

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना