छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला    | Khabarhub Khabarhub

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला   


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशका छुट्टाछुट्टै स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-७ चाबहिल लामपोखरीस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, बाँकेको डुडुवा गाउँपालिका-१ टेपरीस्थित भारत बहराइच हुलिया ग्राम पंचायत बस्ने ३५ वर्षीय कोइली मुराउ आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी, कपिलवस्तुका शिवराज नगरपालिका-९ रमुवादह बस्ने ४२ वर्षीया सिता कुमारी बुढा मगर आफ्नै घरको आँगनमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै, झापाकाे अर्जुनधारा नगरपालिका-४ निलडाँडास्थित पोखरीमा सोही ठाउँ बस्ने ५४ वर्षीया सरस्वती मगर आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ५ : ३१ बजे

सुन्दरता गुमाउँदै पोखरा

पोखरा– पोखरा पर्यटकीय सहर । पोखरा भन्ने बित्तिकै सबैको मन

संसदीय समितिले शिक्षा विधेयकबारे विज्ञ र सरोकारवालासँग राय लिने

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त

सार्वजनिक खरिद प्रणालीलाई सुधार गरिने

काठमाडौँ– सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकीकृत

ट्रम्पको व्यापारिक साम्राज्य खतरामा

न्यूयोर्क- आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका

एमसीसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छ : मन्त्री बस्नेत

काठमाडौँ– ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग