तीन सय ८० उजुरी फछर्यौट | Khabarhub Khabarhub

तीन सय ८० उजुरी फछर्यौट


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सतर्कता केन्द्रबाट २०७९-८० को फागुनसम्म तीन सय ८० उजुरी फछर्यौट भएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज संघीय संसद्को दुवै सदनमा पेस गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७०-७१ मा उक्त सङ्ख्या ६ सय ५९ रहेको थियो ।

चालु आर्थिक वर्षको फागुनसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्राप्त उजुरीको सङ्ख्या १८ हजार तीन सय ४१ रहेको उल्लेख छ ।
उजुरीमध्ये ४९.७ प्रतिशत उजुरी फछर्यौट भएका छन् भने आर्थिक वर्ष २०७८-७९ को सोही अवधिमा ५४.३ प्रतिशत उजुरी फछर्यौट भएको थियो । साथै, आर्थिक वर्ष २०७९-८० को फागुनसम्म आयोगबाट विशेष अदालतमा एक सय दुई मुद्दा दायर भएका थिए । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६० रहेको थियो ।

तीन तहका सरकारमध्ये स्थानीय तहका निकायविरुद्ध बढी उजुरी परेको देखिन्छ । त्यसपछि सङ्घ र प्रदेश सरकारका निकायका विरुद्ध उजुरी परेका छन् । यद्यपि, बागमती प्रदेशभित्र भने सङ्घका निकायविरुद्ध सबभन्दा बढी उजुरी परेका उक्त सर्वेक्षणमा छ । मधेस प्रदेशका स्थानीय तहविरुद्ध सबैभन्दा बढी उजुरी परेको देखिन्छ ।

आर्थिक सर्वेक्षणमा मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना (आर्थिक वर्ष २०७७-७८– २०८१-८२० तथा विश्वव्यापी आवधिक पुनरावलोकन (तेस्रो चक्र) बाट प्राप्त सिफारिस कार्यान्वयन कार्ययोजना ९२०७८ २०८२० स्वीकृत भई आर्थिक वर्ष २०७९-८० देखि कार्यान्वयनमा आएको उल्लेख छ ।

विसं २०७८ मङ्सिर १ गतेदेखि विद्युतीय राहदानी वितरण सुरु गरी २०७९ फागुनसम्म १३ लाख १४ हजार थानभन्दा बढी विद्युतीय राहदानी जारी भएको छ ।

त्यस्तै, सामूहिक दुर्घटना बीमा कार्यक्रम सञ्चालनका लागि ‘निजामती कर्मचारीको सामूहिक दुर्घटना बीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ जारी भएको छ । उक्त कार्यविधिबमोजिम संघीय निजामती सेवाका ३६ हजार तीन सय १६ स्थायी कर्मचारीको विसं २०७९ भदौ २१ देखि १ वर्ष सम्मको रु १० लाख बीमाङ्कको सामूहिक दुर्घटना बीमा गरिएको आर्थिक सर्वेक्षणमा छ ।

त्यस्तै, प्रशासनअन्तर्गत आर्थिक वर्ष २०७९-८० को फागुनसम्म ललितपुर, काठमाडौँ, सुनसरी, झापा, कपिलवस्तु र प्यूठान जिल्लाका विभिन्न १७ निकायमा सेवाग्राही सन्तुष्टि सर्वेक्षण गरिएको छ । आर्थिक वर्ष २०७८-७९ मा यस्तो सङ्ख्या २३ रहेको थियो ।

आर्थिक वर्ष २०७९-८० को फागुनसम्म सङ्घका विभिन्न निकायमा विभिन्न सेवा समूह र श्रेणीका दुई सय १२ दरबन्दी थप भई ५३ हजार तीन सय ९७ कायम भएको छ । कल दरबन्दी संरचनामध्ये प्रशासन सेवाको दरबन्दी मात्र ५० प्रतिशतभन्दा बढी रहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ६ : ०८ बजे

राष्ट्र बैंकको गभर्नर ‘काङ्ग्रेसले पाउन’ मिल्छ ?

काठमाडौं – केन्द्रीय बैंकमा गभर्नर नियुक्तिमा दलीय रस्साकस्सी चलिरहँदा नेपाली

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि कुँवर र बुढालाई

जुम्ला– जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवरले जितेका छन् ।

प्रदेश र स्थानीय तहको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गर्छौंः मुख्यमन्त्री पाण्डे

ढोरपाटन– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश र स्थानीय सरकारको

म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा

म्याग्दी (बेनी)– म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा भएको

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ता गर्न ‘तयार’ : जेलेन्स्की

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम