७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ « Khabarhub

७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बर्दियामा ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन् ।

मधुवन नगरपालिका–४ की ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय मंगाराम थारू पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थारू पहिले पनि बलात्कार मुद्दामा दोषी ठहर भई जेल जीवन बिताएर छुटेका व्यक्ति रहेको जिल्ला प्रहरी प्रमुख एसपी सुदीपराज शाहीले जानकारी दिए ।

२०७५ सालमा पनि बलात्कारसम्बन्धी कसूर खेपेका थारूलाई अदालतले सोही वर्ष चैत ५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतबाट सफाइ पाएपछि थारु एक वर्ष नबित्दै छुटेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदेयश सापकोटाका अनुसार शुक्रबार दिउँसो १ बजेतिर थारू वृद्धाको घरमा प्रवेश गरी बलात्कार गरेको भन्ने किटानी जाहेरी परेको थियो ।

पीडितको तर्फबाट बुहारीले स्थानीय प्रहरीमा पुगेर थारूविरूद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । थारूलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालत बर्दियाले आइतबार अनुमति दिएको छ ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ७ : १२ बजे

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको