मोदीको नौ वर्षे कार्यकालमा चार करोड घर र ११ करोड शौचालय निर्माण | Khabarhub Khabarhub

मोदीको नौ वर्षे कार्यकालमा चार करोड घर र ११ करोड शौचालय निर्माण


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पुरानो औपनिवेशिक कालको भवनको छेउमा निर्माण गरिएको नयाँ संसद् भवनको उद्घाटन गरेका छन्।

“यो भवन आधुनिक सुविधाले सुसज्जित र अत्याधुनिक उपकरणले सुसज्जित छ । यसले साठी हजारभन्दा बढी कामदारलाई रोजगारी दिएको छ । हामीले उनीहरूको कठोर परिश्रमको सम्मान गर्दै ‘डिजिटल ग्यालरी’ बनाएका छौँ,” प्रधानमन्त्री मोदीले भने ।

करिब साढे दुई वर्ष लगाएर निर्माण भएको नयाँ भवन अघिल्लो भवनभन्दा धेरै फराकिलो छ भने सांसदहरुको सिट क्षमता पनि बढाइएको छ । नयाँ संसद् भवन औपनिवेशिक मानसिकताको अन्त्यको प्रतीक भएको प्रधानमन्त्री मोदीले बताए ।

“नयाँ संसद भवन मात्र होइन यो भारतका एक अर्ब ४० करोड जनताको आकाङ्क्षाको प्रतीक हो । यसले विश्वलाई भारतको दृढ सङ्कल्पको सन्देश दिन्छ । ‘अमृत काल’ ले राष्ट्रलाई नयाँ दिशा दिनेछ । नयाँ संसद् भवन नयाँ भारतको दृष्टिकोण र सङ्कल्पको ज्वलन्त उदाहरण बन्नेछ,” आफ्नो कार्यकाललाई अमृत कालको संज्ञा दिँदै प्रधानमन्त्री मोदीले भने– केही वर्षको विदेशी शासनले हामीबाट हाम्रो गौरव खोस्यो। तर आज भारतले त्यो औपनिवेशिक मानसिकतालाई पछाडि छोडेको छ । भारत लोकतन्त्रको जननी हो । यो विश्वव्यापी लोकतन्त्रको जग पनि हो । लोकतन्त्र हाम्रो संस्कार, आदर्श र परम्परा हो ।

प्रधानमन्त्रीले पञ्चायत भवनदेखि संसद् भवनसम्मको प्रेरणा एउटै भएको उल्लेख गर्दैै नयाँ संसद्मा बस्दा जनताका लागि चार करोड घर र ११ करोड शौचालय निर्माण, ४ लाख किलोमिटर ग्रामीण सडक निर्माण, ५० हजार अमृत सरोवर निर्माण र ३० हजार नयाँ पञ्चायत भवन निर्माण गरेकोमा मलाई निकै सन्तुष्टि मिलेको बताए ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ८ : ५८ बजे

मोरङमा विधिपूर्वक भित्र्याइयो फूलपाती

काठमाडौं– बडा दशैंको सातौँ दिन सोमबार मोरङका विभिन्न स्थानमा परम्परागत

समृद्ध नेपाल निर्माणको पक्षमा जुट्न दसैँले प्रेरणा दिनेछ : प्रचण्ड 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक

काठमाडौं उपत्यकाबाट एकै दिनमा एक लाख ११ हजार बाहिरिए

काठमाडौं–  बितेका २४ घण्टामा काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार

तुईन खोलामा फेरि पहिरो खस्यो, सडक पूर्ण रुपमा अवरुद्ध

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज फेरि सुक्खा पहिरो

दसैँको कोसेलीका रुपमा मुस्ताङको स्याउ

गलकोट– बागलुङ बजारमा अहिले मुस्ताङको स्याउको माग उच्च छ ।