अफगानिस्तानमा पठाएका सहायताको दुरुपयोग भयो : अमेरिकी प्रतिनिधि « Khabarhub

अफगानिस्तानमा पठाएका सहायताको दुरुपयोग भयो : अमेरिकी प्रतिनिधि


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा पठाइएको अमेरिकी सहायताको तालिबानबाट दुरुपयोग गरिरहेको भन्दै अमेरिकाका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएडलाई लेखेको पत्रमा अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभको विदेश नीति समितिका अध्यक्ष माइकल मकौलले चिन्ता व्यक्त गरेका हुन् ।

पत्रमा उनले युएसएडजस्ता अमेरिकी संस्थाले पठाएका मानवीय सहायताको दुरुपयोग भइरहेको बताउँदै आम अफगान जनतामाझ ती सहायता पुग्न नसकेको उल्लेख गरेका छन् ।

हाउस अफ रिप्रजेन्टेटिभका अन्य केही सदस्यले समेत हस्ताक्षर गरेको उक्त पत्रमा अफगानिस्तानमा मानवीय संकट रहेको सत्य भएको र तालिबानलाई भन्दा अफगान जनतालाई पुग्नेगरी सहायता उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।

यता तालिबान प्रशासनले भने सहायताको दुरुपयोग भइरहेको आरोपको खण्डन गरेको छ । तालिबान प्रशासनअन्तर्गतको अफगान अर्थ मन्त्रालयका उपमन्त्री अब्दुल लतिफ नजारीले आफूले प्राप्त गरेका सहायतालाई पारदर्शी रुपमा वितरण गर्दै आएको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ९ : १३ बजे

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको