पैताला पोल्ने समस्या र यसको उपचार « Khabarhub

पैताला पोल्ने समस्या र यसको उपचार


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले गर्मीमा हामीलाई धेरै खालका समस्याले सताएका हुन्छन्। त्योमध्ये एक हो पैताला पोल्ने समस्या। गर्मी मौसम लागेसँगै केही मानिसमा पैताला पोल्ने समस्या हुने गर्दछ। कतिपयमा त यो समस्या हुँदा भतभती पैताला पोल्ने गर्दछ। यो समस्या पहिला वृद्धामा धेरै हुने गरेको थियो। तर अहिले युवा तथा बालबालिकामा पनि यो समस्या देखा पर्न थालेको छ। धेरैले यो समस्यालाई गम्भीरतापूर्वक लिँदैनन्। यो आफै केही समयपछि निको भएर जान्छ भन्ने धेरैको भनाइ हुन्छ। तर त्यसो गर्नु उपयुक्त नहुने विज्ञको सुझाव छ। बारम्बार पैताला पोलिरहनु गम्भीर रोगको संकेत पनि हुनसक्ने चिकित्सक बताउँछन् ।

आखिर के कारणले पोल्छ पैताला ?
पैताला एउटै कारणाले मात्र पोल्दैन। पैताला पोल्ने विभिन्न कारणा हुनसक्छन्। जसलाई बुँदागत रुपमा निम्नअनुसार उल्लेख गर्न सकिन्छ।
– पैताला पोल्नुमा शरीरमा भिटामिन ‘बी’, फोलिक एसिड वा क्याल्सियमको कमी भएर हो भन्ने मानिन्छ। यसका साथै उच्च रक्तचाप भएका मानिसमा पनि पैताला पोल्ने समस्या हुन्छ।
– सुतेको समयमा खुट्टा पोल्ने समस्या रक्तचाप हुँदा पनि हुनसक्छ किनकी रक्तचाप उच्च हुँदा रक्तसञ्चारमा समस्या भएर छालाको रङमा परिवर्तन हुन्छ। यसले गर्दा हातखुट्टाको तापमानमा समेत कमी रहन्छ।
– मधुमेहका कारणले स्नायु तन्तुमा क्षति पुग्नु वा मधुमेहले गर्दा नशामा क्षति पुगेका छ भने पनि पैताला पोल्ने समस्या हुनसक्छ।
– मिर्गौलासम्बन्धी समस्या भएकाहरूमा पनि पैतालामा जलन हुने गर्दछ। मिर्गौला खराब हुन थालेपछि शरीरले प्रभावकारी ढङ्गले काम गर्न सक्दैन। जसले गर्दा पैताला पोल्छ।
– थाइरोइड हर्मोनको स्तर कम हुँदा, औषधिको साइडइफेक्ट हुँदा र किमो थेरापी गर्नेहरूलाई पनि पैताला पोल्ने समस्या हुनसक्छ।

पैताला पोल्ने समस्याको घरेलु उपचार
– मनतातो पानीमा सिधो नुन हालेर १० देखि १५ मिनेटसम्म खुट्टा डुबाउँदा पैताला पोल्ने समस्या कम हुन्छ।
– माछा र मासु खानुपर्छ।
– शाकाहारी खानेकुरा खानेले दूध, दही, पनिर लगायतका दुग्ध पदार्थ नियमित रूपमा खानुपर्छ।
– स्वास्थ्य परीक्षणमा थाइरोइड मधुमेह अनियन्त्रित देखिए त्यसलाई नियन्त्रण गर्नुपर्छ। जस कारण यो समस्या स्वतः कम हुँदै जान्छ।
– लौकालाई काटेर त्यसको गुदी पैतालामा दल्नाले पनि पैताला पोल्ने समस्यामा राहत मिल्छ।
– आफू बसेको स्थानभन्दा केही माथि खुट्टा उठाएर राख्दा पैताला पोल्ने समस्या कम हुनसक्छ।
– बेसारमा एन्टी ब्याक्टेरियल तत्त्व हुन्छ त्यसैले थोरै बेसारको धुलोको पेस्ट बनाएर पैतालामा लगाउँदा यो समस्याबाट लाभ दिनको साथै छालालाई चम्किलो बनाउँछ।
– शाकाहारी खाना, दुग्ध पदार्थ नियमित खाँदा पनि यो समस्या कम भएर जान्छ।
– भिटामिन बी पाइने खाना, अण्डा, माछा, सी फुडको सेवन गर्नाले पनि पैताला पोल्ने समस्याबाट राहत हुन्छ।
– सादा पानीमा केही बेर खुट्टा डुबाउँदा पनि हुन्छ।
– धेरै नै पैताला पोल्यो भने दुखाई कम गर्न मलमको प्रयोग गर्न सकिन्छ।
– मदिराको सेवन कम गर्नुपर्छ।
– कटनको मोजाको प्रयोग गर्ने र खुट्टालाई सजिलो हुने गरी सोल भएको जुत्ता लगाउनुपर्छ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ७ : ०१ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री