विभिन्न स्थानबाट लागूऔषधसहित सातजना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित सातजना पक्राउ


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित सातजना पक्राउ परेका छन् । 

धनकुटाको धनकुटा नगरपालिका-९ बेलहारा घर भई सोही नगरपालिका-७ डेरा गरी बस्ने २४ वर्षीय सुनिल श्रेष्ठ समेत ४ जनालाई अवैध लागूऔषध गाँजा १ केजी, स्पास्पेन ४ हजार ८ सय ५० क्याप्सुल र ट्रामोल ४ हजार ८ सय ५० क्याप्सुलसहित प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले आफ्नो कोठामा लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले जाँच गर्दा श्रेष्ठको कोठाबाट उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

जुम्लाको चन्दननाथ नगरपालिका(५ कार्कीवाडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही नगरपालिका(२ बस्ने २२ वर्षीय मदन भण्डारीलाई  प्रहरीले पक्राउ गरेको छ ।  

भण्डारीले लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्ला र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ ऐरिचोकस्थित आचार्य चिया पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सोही नगरपालिका-९ लाटिकोईली बस्ने २५ वर्षीय देबु भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । 

पसलमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भण्डारीलाई साथमा रहेको उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  

पर्साको बहुदरमाई नगरपालिका-४ जसौली चाईनिज पुलबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित वीरगञ्ज महानगरपालिका-२६ सुगौलिबिर्ता बस्ने ५७ कृष्ण मुरारी पटेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डकैलाबाट खटिएको प्रहरीले साइकलमा आएका उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

 

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १ : ४८ बजे

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी– गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज

क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको