‘बुढीगण्डकी परियोजनाको कार्यालय उद्घाटन र शिलान्यास हुन्छ’ « Khabarhub

‘बुढीगण्डकी परियोजनाको कार्यालय उद्घाटन र शिलान्यास हुन्छ’


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी परियोजनाको कार्यालय उद्घाटन र शिलान्यास हुने जानकारी दिएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शिर्षकमाथि सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा उनले बुढीगण्डकी परियोजनाको कार्यालय उद्घाटन र परियोजना शिल्यान्यासको लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए । 

उक्त परियोजनालाई अघि बढाउनको लागि यही असार महिनाभित्र कार्यालय उद्घाटन गरिने उनको भनाइ छ । असार महिनाभित्रै बुढीगण्डकी आयोजनाको कामलाई अगाडि बढाउने गरी आयोजनास्थलमा कार्यालय राखिने प्रधानमन्त्री प्रचण्डले भने ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  २ : ११ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्