कालिज पालनमा रमाउँदै कृषक « Khabarhub

कालिज पालनमा रमाउँदै कृषक


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङ मिक्लाजुङ गाउँपालिका–६ का कृषक सन्तोष बोहोराले व्यावसायिकरूपमा कालिजपालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । आफ्नै देशमा केही कृषिकर्म गर्ने सोचले २९ वर्षीय सन्तोषले हिमालयन वाइल्ड लाइफ एग्रो कम्पनी प्रालि दर्ता गरी व्यावसायिकरूपमा कालिजपालन गरेका हुन् ।

कालिजपालनबाट अहिले खर्च कटाएर मासिकरूपमा एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएको सन्तोषले बताए । उनले कालिजका लागि सम्भावना तथा बजारको अवस्था राम्रो रहेको उल्लेख गरे ।

सुरूमा ब्रोइलर कुखुरापालन गरेका सन्तोषले यसबाट राम्रो आम्दानी हुन नसकेपछि बैंकको जागिर छाडेर रू १० लाख ऋण लगानीबाट कालिजपालन गरेका थिए । एक सय ५० वटा कालिजबाट सुरू गरेको फार्ममा अहिले एक हजार पाँच सय कालिज छन् ।

सन्तोषले भने, “आम्दानीको हिसाबले राम्रो रहेको कालिजपालन व्यवसायको बजारीकरणमा कुनै समस्या छैन ।”

नेपाल सरकारले व्यावसायिक कालिजपालनलाई अनुमति दिएको चाल पाएर कृषिमा केही राम्रो काम गर्छु भन्ने सोचले अगाडि बढेको सन्तोषले उल्लेख गरे । व्यावसायिकरूपमा विगत चार वर्षदेखि कालिजपालन गर्दै आउनुभएका सन्तोषले आफ्नै फार्ममा ह्याचिङ गरी चल्ला उत्पादन गरेर बजारमा अण्डा तथा मासु पनि बिक्रीवितरण गर्दै आएका छन् ।

“स्थानीय बजारका साथै विराटनगर, झापा, तेह्रथुम, ताप्लेजुङ, धरान धनकुटालगायत कोशी प्रदेशभरि कालिजको बजार विस्तार गर्न सफल भएको छु”, उनले भने, “फार्ममा स्थानीय केही कामदारले रोजगारीसमेत पाउन सफल भएका छन् । एशियन मुलुकबाहेक युरोपको विभिन्न देशमा अहिले व्यावसायिक कालिजपालन फस्टाएको छ ।”

कालिजपालनका लागि खासै तापक्रमले प्रभाव पार्न नसक्ने उनको अनुभव रहेको छ । “जहाँको मौसममा चल्ला उत्पादन गरियो त्यही मौसम तथा घामपानीमा कालिज पाल्दा उपयुक्त हुन्छ”, उनले बताए । कालिजपालन फरक व्यवसाय भएकाले यसबाट आत्मसन्तुष्टी मिल्नुका साथै आम्दानीको स्रोत बलियो बनेको उनले उल्लेख गरे ।

“कालिज आठरनौ महिनामा बिक्री योग्य हुनेछ । स्वास्थ्य कालिजको तौल दुई केजीसम्म हुन्छ, पोथीले नौ महिना पुगेपछि अन्डा पार्न थाल्छ”, सन्तोषले भने, “बजारमा कालिज होलसेल भालेपोथी जोडीको रु चार हजारदेखि खुद्रा भाले जोडीको ? पाँच हजार तथा अन्डा रू ८० सम्ममा बिक्री हुन्छ ।” आफ्नो पाँच कट्ठा जग्गामा कालिजपालन गरेको जानकारी दिँदै उनले फार्ममा रू ४० लाख लगानी गरी सुरूआतको ऋण यसैबाट तिर्न सफल बताए ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ९ : ४९ बजे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो