काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा एसईईको नतिजा सुधार « Khabarhub

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा एसईईको नतिजा सुधार


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको सङ्ख्या ७८ प्रतिशतले वृद्धि भएको छ । गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका थिए ।

यस वर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० छात्रछात्राले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । आवेदकमध्ये गएको वर्ष १२५  जना गयल भए भने यस वर्ष ५० जना मात्र गयल देखिए । 

‘यो तथ्यांकबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको देखिन्छ । विद्यालय शिक्षाप्रति विद्यार्थीहरू नियमित हुन थालेका छन् । हामीले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि गरेको छ’ महानगरले भनेको छ । 

गएको वर्ष ‘ए’ ग्रेड ल्याउने छात्रछात्राको सङ्ख्या ३२५ (८.२४ प्रतिशत) जना थियो । यस वर्ष ४८६ (१२.४२ प्रतिशत) पुगेको छ । यो ५१ प्रतिशत वृद्धि दर हो । गएको वर्ष ६९७ (१७.६८ प्रतिशत)जनाले ‘वी प्लस’ ग्रेडमा उत्तीर्ण गरेका थिए । यस वर्ष ८०४ (२०.५५ प्रतिशत) जनाले ‘बी प्लस’ ग्रेड ल्याएका छन् । यो १६ प्रतिशत वृद्धि हो । गएको वर्ष ‘वी’ ल्याउने विद्यार्थीको सङ्ख्या ९६६ (२४.५० प्रतिशत) थियो । यस वर्ष ९७४ (२४.९० प्रतिशत) पुगेको छ ।

गएको वर्ष १००४ (२५.४६ प्रतिशत)को ‘सी प्लस’ ग्रेड आएको थियो । यस वर्ष ‘सी प्लस’ ल्याउने विद्यार्थीको सङ्ख्या घटेर ९१३ (२३.३४ प्रतिशत) पुगेको छ । यसको घट्दो प्रतिशत हो । यससँगै ‘सी’ ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्याले घटेको छ । गएको वर्ष यस ग्रेडमा ६२० जना (१५.७२ प्रतिशत) उत्तीर्ण थिए । यस वर्ष ४३५ (११.१२ प्रतिशत) मा घटेको छ ।      

महानगरभित्रका सामुदायिक विद्यालयमा यस वर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको सङ्ख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या घटेको यो तथ्यांकले देखाएको छ । 

शैक्षिक सुधार कसरी भयो भन्ने जिज्ञासामा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन भने, ‘गणित र विज्ञान विषयका लागि ५० वटा विद्यालयमा ५७ जना शिक्षक सहयोगी परिचालन गर्‍यौँ। गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषयमा सुधार गर्न सबै विद्यालयका लागि १७ जना शैक्षिक सहजकर्ता परिचालन गर्यौँ । उहाँहरूको संलग्नताले छात्रछात्राको शैक्षिक विकास कक्षा कोठाभित्र मात्र होइन । बाहिर समग्र रूपमा वृद्धि भएको छ ।’ 

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ९ : १६ बजे

एसिया कप : सेमिफाइनका दुई खेल आज हुँदै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको सेमिफाइनलका दुई खेल

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित

रवि लामिछाने आज छुट्ने

काठमाडौं – सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर