चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश « Khabarhub

चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजदेखि नेपाली चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । देशभरका हलमा एक सयभन्दा बढि शो सङ्ख्या प्रदर्शन भइरहेको चलचित्रलाई पहिलो सातामा हेरेका दर्शक तथा विशिष्ट व्यक्तिमार्फत प्राप्त प्रतिक्रियाले दर्शक बढाउन मद्दत गरेको छ । 

अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । अभिनेत्री कार्कीले यही चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

अभिनेत्री कार्कीले निर्वाह गरेको पात्रले समाजमा सकारात्मक संदेश प्रवाह गरेको प्रतिक्रिया दर्शकले दिएका छन् । चलचित्र हेर्न आएका अधिकाँस दर्शकले अभिनेत्री कार्की जस्तै छोरी भएमा समाज रूपान्तरण हुने भनाई राखे । 

डेब्यु चलचित्रमार्फत नै पाइरहेको प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको अभिनेत्री कार्कीले बताइन् । ‘मेरो कामले नै मलाई प्रमाणित गरेको छ । यो खुसीको कुरा हो । ठूला र स्थापित कलाकारसँग काम गर्दा असहजता महसुश नभएको होइन, यद्यपि मैले उहाँहरूको अनुभवलाई अभिनयमा प्रयोग गरे’, अभिनेत्री कार्कीले भनिन् । 

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । 

ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । यसको वितरण रिच इन्टरटेन्मेन्टडिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ११ : ११ बजे

नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञको सुझाव प्राथमिकतामा राख्छौँ : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले नीति

राष्ट्रपतिद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

एलिकाको टी-२० विश्वकपमा उपहार योजना सार्वजनिक

काठमाडौं– इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी–२० विश्वकप २०२६

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल

काठमाडौं– नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ

बंगलादेशमा व्यापक हिंसा : केही दलका कार्यालय जलाइयो, सञ्चारगृह र पत्रकारमाथि पनि आक्रमण

ढाका- बंगलादेशमा शेख हसिना विरोधी नेता उस्मान हादीको मृत्युपछि हिंसा