लमजुङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु « Khabarhub

लमजुङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

लमजुङ–  जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण शुरु गरेको छ । १ साउन २०७७ देखि लमजुङमा राष्ट्रिय परिचय पत्रको फारम भर्न थालिएकोमा तीन वर्षपछि परिचयपत्र वितरण थालिएको हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबारबाट परिचय पत्र वितरण थालेको हो ।  प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले एक अनौपचारिक कार्यक्रमबीच बेँसीसहर नगरपालिका-८ का ज्येष्ठ नागरिक प्रेमलाल श्रेष्ठ र बालचन्द्र श्रेष्ठलाई परिचयपत्र हस्तान्तरण गरी परिचयपत्र वितरण शुरु गरेका हुन् ।

लमजुङबाट बुधबारसम्म १ लाख ३५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट १७ हजार ६९१ जना महिला र २२ हजार २१४ जना महिला गरी ३९ हजार ९०५ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् ।

त्यस्तै कार्यालयले विभिन्न पालिकामा गत माघ ४ गतेदेखि वैशाख मसान्तसम्म सञ्चालन गरेको घुम्ती अभियानका क्रममा ६० हजार ४४६ जनाको आवेदन संकलन गरिएको थियो । तीमध्ये २०७७ सालमा आवेदन दिएका २ हजार ४ सय ८७ जनाको परिचयपत्र बनेर आएको प्रजिअ अधिकारीले जानकारी दिए ।

कार्यालयबाट परिचय पत्रका लागि आवेदन दिएका र परिचय पत्र तयार भइसकेका सेवाग्राहीको मोबाइलमा सन्देश पठाएर जानकारी दिने व्यवस्था मिलाइएको छ । यसका आधारमा सेवाग्राहीहरूले कार्यालयमा गएर परिचयपत्र लिन सक्नेछन् ।

 परिचयपत्र लिनका लागि सम्बन्धित व्यक्ति स्वयं विवरण संकलनका बेला कार्यालयबाट दिइएको विवरण प्रतिलिपि लिएर उपस्थित हुनुपर्ने  प्रजिअ अधिकारीले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १२ : ०८ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा