संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पञ्चे बाजा वितरण « Khabarhub

संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पञ्चे बाजा वितरण


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको भानु नगरपालिका कार्यालयले कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले पञ्चे बाजा वितरण गरेको छ । नगरपालिकाको सामाजिक विकास शाखाबाट आठ थान पञ्चेबाजा खरिद गरी माग भई आएका समूहलाई वितरण गरेको हो । 

समुदायमा रहेका मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले पञ्चेबाजा प्रदान गरेको उपप्रमुख उमा गोतामेले जानकारी दिइन्। उनका अनुसार भानु–३ स्थित दोरदोर कालिका समूह, भानु–६ को भगवती आमा समूह, भानु–८ को बेनी बगर दलित महिला समूह, भानु–१० का ऋषि परियार समूह र भानु–१२ घलेछाप समूहलाई एक-एक थान पञ्चेबाजा प्रदान गरिएको हो । 

पालिकाले यसअघि पनि तीन समूहलाई पञ्चेबाजा हस्तान्तरण गरिसकेको उपप्रमुख गोतामेले बताइन्। उनले भने, ‘पालिका मातहत रहेका १३ वडामध्ये बाँकी पाँचमा पनि क्रमिकरूपमा पञ्चेबाजा वितरण गर्दै जाने छौँ ।’अपागङ्ता भएका ५० जनालाई ह्विलचियर, ज्येष्ठ नागरिकका लागि लौरो र हर्लिक्स प्रदान गर्नका लागि आवश्यक सामान खरीद गरिएको उनले बताइन्। 

त्यस्तै, नगरपालिकाभित्र रहेका २६ आरन व्यवसायीलाई आरन पङ्खा वितरण गरिएको नगरपालिकाले जनाएको छ । ‘आरन सञ्चालनका लागि बाख्राको छाला प्रयोग गरिने भएपनि पछिल्ला समय उक्त छाला पाउन कठिनाइ छ’, नगरप्रमुख आनन्दराज त्रिपाठीले भने, ‘छालाको अभावमा पेसा नै विस्थापित हुने अवस्थामा पुगेपछि पङ्खा प्रदान गरेका हौँ ।’

वर्षौँदेखि परम्परागत शैलीबाट व्यवसाय गर्दै आएका व्यक्तिलाई आधुनिक तरिकाले व्यवसाय सञ्चालन गर्न सहज वातावरण बनाउने उद्देश्यले पङ्खा वितरण गरिएको उनले बताइन्। आरन राख्नका लागि जस्तापातासमेत माग गरेकाले दुई पाताका दरले उनीहरूलाई जस्तापाता उपलब्ध गराइएको नगरप्रमुख त्रिपाठीले जानकारी दिइन्। 

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १ : २२ बजे

२५ सय सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ– बितेका २४ घण्टामा दुई हजार चार सय बयानब्बे सवारी

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको

पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

पाँचथर– बर्सेनि पाँच हजारभन्दा बढी पर्यटक पुग्ने पाँचथरको पर्यटकीय क्षेत्र