संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पञ्चे बाजा वितरण « Khabarhub

संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पञ्चे बाजा वितरण


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको भानु नगरपालिका कार्यालयले कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले पञ्चे बाजा वितरण गरेको छ । नगरपालिकाको सामाजिक विकास शाखाबाट आठ थान पञ्चेबाजा खरिद गरी माग भई आएका समूहलाई वितरण गरेको हो । 

समुदायमा रहेका मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले पञ्चेबाजा प्रदान गरेको उपप्रमुख उमा गोतामेले जानकारी दिइन्। उनका अनुसार भानु–३ स्थित दोरदोर कालिका समूह, भानु–६ को भगवती आमा समूह, भानु–८ को बेनी बगर दलित महिला समूह, भानु–१० का ऋषि परियार समूह र भानु–१२ घलेछाप समूहलाई एक-एक थान पञ्चेबाजा प्रदान गरिएको हो । 

पालिकाले यसअघि पनि तीन समूहलाई पञ्चेबाजा हस्तान्तरण गरिसकेको उपप्रमुख गोतामेले बताइन्। उनले भने, ‘पालिका मातहत रहेका १३ वडामध्ये बाँकी पाँचमा पनि क्रमिकरूपमा पञ्चेबाजा वितरण गर्दै जाने छौँ ।’अपागङ्ता भएका ५० जनालाई ह्विलचियर, ज्येष्ठ नागरिकका लागि लौरो र हर्लिक्स प्रदान गर्नका लागि आवश्यक सामान खरीद गरिएको उनले बताइन्। 

त्यस्तै, नगरपालिकाभित्र रहेका २६ आरन व्यवसायीलाई आरन पङ्खा वितरण गरिएको नगरपालिकाले जनाएको छ । ‘आरन सञ्चालनका लागि बाख्राको छाला प्रयोग गरिने भएपनि पछिल्ला समय उक्त छाला पाउन कठिनाइ छ’, नगरप्रमुख आनन्दराज त्रिपाठीले भने, ‘छालाको अभावमा पेसा नै विस्थापित हुने अवस्थामा पुगेपछि पङ्खा प्रदान गरेका हौँ ।’

वर्षौँदेखि परम्परागत शैलीबाट व्यवसाय गर्दै आएका व्यक्तिलाई आधुनिक तरिकाले व्यवसाय सञ्चालन गर्न सहज वातावरण बनाउने उद्देश्यले पङ्खा वितरण गरिएको उनले बताइन्। आरन राख्नका लागि जस्तापातासमेत माग गरेकाले दुई पाताका दरले उनीहरूलाई जस्तापाता उपलब्ध गराइएको नगरप्रमुख त्रिपाठीले जानकारी दिइन्। 

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १ : २२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको