एकसय ११ हेक्टर जमिनमा वृक्षरोपण | Khabarhub Khabarhub

एकसय ११ हेक्टर जमिनमा वृक्षरोपण


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जानकी– बाँकेस्थित डिभिजन वन कार्यालयले विभिन्न शीर्षकअन्तर्गत जिल्लाका विभिन्न सामुदायिक वनका एक सय ११ हेक्टर खाली जमिनमा वृक्षरोपण गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी एवं सहायक डिभिजन वन अधिकृत गणेश खड्काका अनुसार आर्थिक वर्ष ०७९-०८० मा एक सय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार छ सय बिरुवा लगाइएको थियो । 

 एक हेक्टर जमिनमा एक हजार छ सयका दरले बिरुवा लगाइएको छ । कृषि वन तथा बृहत्तर हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत जनप्रतिभा सामुदायिक वन क्षेत्रको चार हेक्टर,  वनशक्ति सामुदायिक वन क्षेत्रको पाँच हेक्टर, दुद्धेश्वर महादेव बर्फानीबाबा धार्मिक वन क्षेत्रको पाँच हेक्टर, झिझरी महिला सामुदायिक वन क्षेत्रको चार हेक्टर, वागेश्वरी सामुदायिक वनक्षेत्रको १२ दशमलव ४७, हेक्टर अशोक सामुदायिक वनक्षेत्रको सात दशमलव ५१ हेक्टर र सिद्धबाबा सामुदायिक वन क्षेत्रको पाँच हेक्टर गरी कूल ९०  हेक्टर खालिजमिनमा बिरुवा रोपिएको सूचना अधिकारी खड्काले बताए ।

त्यसैगरी गाजी सामुदायिक वन क्षेत्रको सात दशमलव ५१ हेक्टर, गरिब नवाज सामुदायिक वन क्षेत्रको दस दशमलव आठ, रानी सामुदायिक वनक्षेत्रको पाँच दशमलव ५३, पन्नहवादेवी सामुदायिक वन क्षेत्रको १२दशमलव १८, श्री रामकुट्टी सामुदायिक वन क्षेत्रको दस, राप्ती पीडित सामुदायिक वन क्षेत्रको १५ हेक्टर खाली जमिनमा वृक्षरोपण गरिएको थियो  सूचना अधिकारी खड्काका  अनुसार राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत वन अतिक्रमण हटाई पुनरुत्पादन व्यवस्थापन गरी श्री न्यू हरियाली सामुदायिक वनको छ  हेक्टर जग्गामा वृक्षरोपण गरिएको छ । 

ती बन क्षेत्रको खाली जमिनमा खयर, अस्ना, जामुन, बर्रो, बेल, विजयसाल, शिरीष, सिसौ, सावगन, पानन, काभ्रो, अमला, सतिसाल, श्रीखण्ड, खम्हारी, श्वेतचन्दन, राजवृक्षलगायत बिरुवा लगाइएको छ । एक सय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार छ सय बिरुवा लगाउँदा बिरुवा उत्पादन, वृक्षरोपण तथा तारबार गर्न रु एक करोड ११ लाख खर्च भएको सूचना अधिकारी खड्काले जानकारी दिए। 

त्यसैगरी शम्शेरगञ्ज शव बन डिभिजन कार्यालयले पनि आवको ०७९-०८० मा साढे १८ हेक्टर जमिनमा २९ हजार छ सय वृक्षरोपण गरेको थियो।  डिभिजन वन कार्यालयले  बर्सेनि सामुदायिक वन, अतिक्रमित क्षेत्र, नदीका किनार र बगरलगायत खाली जग्गा भएका क्षेत्र पहिचान गरी लाखौँ बिरुवा रोप्दै आएको छ । सोहीअनुरूप आव ०७९-०८० मा वृक्षरोपणको कामलाई निरन्तरता दिँदै एक लाखभन्दा बढी वृक्षरोपण गरिएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १ : २९ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला